Aamsanchar

कानुनमन्त्री शमशेर राईले भने : कोशी प्रदेशको निजामति ऐन चाँडै पारित हुन्छ

Author Image
आइतवार, मंसिर १७, २०८०

पाँचथर- कोशी प्रदेशका कानुनमन्त्री तथा नेपाली कांग्रेसका नेता शमशेर राईले प्रदेशको निजामित ऐन चाँडै पारित हुने बताउनुभएको छ ।

पाँचथरको फिदिममा आइतबार पार्टीका नेता तथा कार्यकर्ताहरु सँगको भेटघाट कार्यक्रममा वोल्दै मन्त्रीे राईले आगामी मंसिर २० गतेदेखि २२ गतेसम्ममा सदनबाट पारित हुने बताउनुभयो ।

निजामित ऐन पारित नहुँदा अहिले पनि धेरै सरकारी कार्यालयहरुमा कर्मचारीको दरवन्दी रिक्त भएकाले छिटो छरितो र चुस्तदुरुस्त सेवा दिन नसकिएको उहाँले बताउनुभयो । यो ऐन पारित भएसँगै सेवाग्राहीलाई सहज हुने मन्त्रीे राईको भनाइ छ ।

यस्तै उहाँले प्रदेशका अन्य ४ वटा कानुनहरु पनि पारित हुने तयारीमा रहेको जानकारी गराउनुभयो । प्रदेश सरकारको स्पष्ट बहुमत नहुँदा नागरिकको अपेक्षा बमोजिम परिणाम दिने गरी काम गर्न नसकेको स्पष्ट पार्दे अब द्रुत गतिमा सरकारले काम अघि वढाउने बताउनुभयो ।

मन्त्रीे राईले प्रदेशको नामांकनको विषयमा देखिएको विवादको विषयमा काग्रेस लगायत सवै दलहरुले सोच्नुपर्ने बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 101

प्रतिक्रिया (०)

सम्बन्धित खबर