![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/12/InShot_20231203_171531799.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/08/golary.png)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
काठमाण्डौ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मान्छे मारेर चुनाव जित्ने कुरा घिनलाग्दो भएको बताउनुभएको छ ।
महाकाली—मेची यात्राका क्रममा आज आइतवार अछामको विनायकमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले मानिसमाथि आक्रमण र हत्या गरी चुनाव जित्ने संस्कृति घिनलाग्दो भएको बताउनुभयो । उहाँले आफू सरकारमा रहँदा यस्ता कुरालाई हतोत्साही गरेको जिकिर गर्नुभयो । उहाँले अहिलेको सरकारले हत्यारालाई माफी दिने, मुद्दा चलाउन नमान्ने, चलाइहाले मुद्दा फिर्ता लिने, अदालतले सर्वस्वसहित जन्मकैद गरे तुरुन्त मुद्दा फिर्ता लिने गरेको बताउनुभयो ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
उहाँले भन्नुभयो, ‘मानिसको हत्या गरेर, आक्रमण गरेर चुनाव जित्ने भनेको घिनलाग्दो कुरा हो । यो कुरा हामीले संसदमा पनि भनिरहेका छौँ । सरकारमा हुँदा पनि यस्ता कुरालाई हतोत्साही गरेका छौँ । हामी सरकारमा हुँदा यस्ता कुरा हुन पाउँदैनन् । जब हामी सरकारबाट हट्छौँ तब विभिन्न हत्या, हिंसाका सिलसिला शुरु हुन्छ । जाली मुद्दा लगाउने, हत्यारा उम्काउने सिलसिला शुरु हुन्छ ।’
अध्यक्ष ओलीले चुनावकै विषयमा २०७९ साल जेठ १७ गते अछामका विनोद साहीलाई बेपत्ता बनाई हत्या गरिएकोमा खेद प्रकट गर्दै शहीद घोषणा गर्नुभयो ।