Aamsanchar

झापाका सीडीयो पोखरेललाई ४१ वटा सङ्घसंस्थाद्वारा बिदाइ तथा सम्मान

Author Image
आइतवार, मंसिर १७, २०८०

बिर्तामोड ।   सरुवा भई जान लागेका झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेललाई झापाका ४१ वटा संघ/संस्थाहरुले संयुक्त रुपमा बिदाइ तथा सम्मान गरेका छन् ।
बिर्तामोड उद्योग बाणिज्य संघसहित ४१ वटा संघ/संस्थाले प्रमुख जिल्ला अधिकारी पोखरेलकाई सम्मानसहित बिदाई गरेका हुन । उद्योग बाणिज्य संघको अगुवाइमा आइतबार (आज) बिर्तामोडमा एक कार्यक्रम आयोजना पोखरेललाई सम्मान तथा बिदाई गरिएको हो ।

पोखरेललाई झापामा रहँदा संघका हरेक गतिविधि सञ्चालन गर्न उल्लेखनीय भूमिका खेलेको भन्दै सम्मानपत्रसहित मायाको चिनोले सम्मान गरिएको छ । पोखरेल सुदूरपश्चिम प्रदेशको सचिवका रुपमा सरुवा भएका छन् । संघका अध्यक्ष प्रकाश शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले स्वागत गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, सञ्चारिक समूह झापाकी अध्यक्ष लीला अनमोल, झापा उद्योग संघका अध्यक्ष यामबहादुर श्रेष्ठ, खेलकुद विकास संघ झापाका अध्यक्ष भेषराज भण्डारी (प्रशान्त), उद्यमशील महिला संघ झापा अध्यक्ष पार्वता विमलीलगायतले प्रमुख जिल्ला अधिकारी पोख्रेलको आगामी दिन अझ सफलताको कामनासहित शुभकामना दिएका थिए ।

कार्यक्रमको सञ्चालन बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव अर्जुन मैनालीले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 90

प्रतिक्रिया (०)

सम्बन्धित खबर