Aamsanchar

बाह्रदशी कञ्चनगढ धाममा भोलिदेखि धार्मिक महामहोत्सव, सभामुखबाट उद्घाटन, ईश्वर कृष्ण महाराज कथा वाचक 

Author Image
आइतवार, मंसिर १७, २०८०

चारपाने । झापा जिल्लाको बाह्रदशी गाउँपालिका ६ मा रहेको  ऐतिहासिक र पौराणिक महत्व बोकेको ठाउँ कन्चनगढधाम साधुकुटीमा आयोजना हुने पूर्वाञ्चल धार्मिक महामहोत्सव आयोजनाको सम्पूर्ण तयारी पुरा भएको छ ।

भोलि मंसिर १८ गते सोमवारदेखि २६ गतेसम्म ‘श्रीमदभागवत् धनधान्याचल राष्ट्र शान्ति पूर्वाञ्चल धार्मिक महामहोत्सव’ को तयारी पुरा भएको महोत्सव आयोजक समितिका संयोजक ज्ञानु सुवेदीले जानकारी दिएका छन् ।
महोत्सवको लागि गेट, मण्डव, पण्डाल निर्माण लगायतको सबै काम पुरा भएको र भोलि वृहत शोभायात्रा आयोजना हुने संयोजक सुवेदीले जानकारी दिए ।

शोभायात्रामा विभिन्न जातजातिका सांस्कृतिक पहिचान झल्कने झाँकीहरू पनि प्रर्दशनी गर्ने आयोजकले तयारी गरेको छ ।  कन्चनगढधाम साधुकुटीमा हुने उक्त महोत्सवको उद्घाटन प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ । झापाको महोत्सव अवधि भर सुप्रसिद्ध कथावाचक श्री ईश्वर कृष्ण महाराजले कथा प्रवचन वाचन गर्ने छन् ।

महायज्ञ मूल समारोह समितका संयोजक ज्ञानु सुवेदीका अनुसार गुरुकुल बचाउन आयोजित महायज्ञको तयारी पूरा भएको छ । महायज्ञ सँगै तीन दिन धार्मिक मेलासमेत सञ्चालन गरिने सुवेदीको भनाई छ ।
बालाचर्तुदशी पर्वलाई लक्षित गरेर आयोजना गरिएको महामहोत्सवको प्रचार प्रसारका कारण कन्चनगढधाम साधुकुटीमा यस वर्ष लाखौं भक्तजनहरू शतबीज रोपन गर्न आउने आयोजकको अनुमान रहेको छ ।
बालाचर्तुदशीको वेला विभिन्न देवालय धाममा पुगेर शतबीज रोपन गर्ने श्रद्धालुहरूका लागि कञ्चनगढ धार्मिक तथा प्राकृतिक हिसाबले नयाँ र उपयुक्त स्थल बन्ने छ । बाह्रदशी डाँडामा रहेको शिवालय पुग्न पूर्व–पश्चिम मुख्य राजमार्गमा पर्ने चारपाने चोकबाट करिव ७ मिलो मिटर दक्षिण पक्की सडक हुँदै पुग्न सकिन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 201

प्रतिक्रिया (०)

सम्बन्धित खबर