Aamsanchar

नाबालिकाहरुलाई यौ*न क्रियाकलापमा लगाउने एक महिला काठमाडौं नयाँ बसपार्कबाट पक्राउ

Author Image
आइतवार, मंसिर १७, २०८०

काठमाडौं ।  नाबालिकाहरूलाई यौन क्रियाकलापमा लगाउने कार्यमा संलग्न रहेको अभियोगमा तनहुँ भिमाद नगरपालिका-२ घर भई काठमाडौं टोखा नगरपालिका-९ नयाँ बसपार्क बस्ने २५ वर्षीया सपना तामाङ भन्ने पुजा रानालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । साथै मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहल र मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणको क्षेत्रमा कार्यरत संस्थाको संयुक्त टोलीले कलंकीबाट १ जना र नयाँ बसपार्कबाट २ जना गरी ३ जना नाबालिकाहरूको उद्धारसमेत गरेको छ ।

नयाँ बसपार्क तथा कलङ्कीस्थित बिभिन्न होटल गेष्ट हाउसहरुमा बालबालिकाहरूलाई ललाइ फकाई विभिन्न प्रलोभनमा पारी यौन गतिविधिमा लगाउने गरेको सूचनाका आधारमा मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनि हरुलाई नयाँ बसपार्कबाट पक्राउ गरेको हो ।

आर्थिक अवस्था कमजोर भएका, ग्रामीण भेगका कम पढेलेखेका बालिकाहरुलाई विभिन्न काममा लगाई दिने तथा आकर्षक तलब सुविधा दिने प्रलोभनमा पारी बोलाउने गरेको, नाबालिकाहरुलाई बसपार्क र कलङ्कीस्थित बिभिन्न होटल तथा गेस्टहाउसहरूमा राख्ने गरेको, नाबालिकाहरुलाई विगत १० महिना देखी बिभिन्न डर त्रास देखाई जबरजस्ती शारीरिक सम्पर्क राख्न बाध्य पार्ने गरेको र बालिकाहरुलाई ग्राहक खोजी आर्थिक लाभ लिई अन्य होटल तथा गेष्टहाउसहरु समेतमा पठाउने गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

उनीहरु उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 65

प्रतिक्रिया (०)

सम्बन्धित खबर