Aamsanchar

अनेरास्ववियुद्वारा एनसेल कार्यालय अगाडि विरोध प्रदर्शन

Author Image
मङ्गलवार, मंसिर १९, २०८०

काठमाडौं – नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले एनसेल कार्यालय अगाडि विरोध प्रदर्शन गरेको छ। विद्यार्थीहरूले एनसेलको सेयर खरिदबिक्री चलखेलविरुद्ध एनसेल कार्यालय अगाडि मंगलबार बिहान प्रदर्शन गरेका हुन्।

नो ट्याक्स,नो सिम रिजेक्ट एनसेल,कर छलि गर्नेलाई कारबाही गर,पुँजीगत लाभरक छल्न पाइदैन,आय व्यय सार्वजनिक गर, माफिया पोस्ने गठबन्धन सरकार मुर्दावाद,विवादास्पद एनसेल सेयर विक्रीको छानबिन गरजस्ता नारा लेखिएका प्लेकार्डहरू लिएर विरोधमा उत्रिएका थिए।

आफ्ना मागहरू पूरा नभएसम्म एनसेलका गाडीहरू चल्न नदिने चेतावनी समेत दिएका छन्। मलेसियाको कम्पनी आजियाटले आफूसँग भएको एनसेलको ८० प्रतिशत स्वामित्व बिक्री गरेको थियो।

सेयर खरिदबिक्री गर्दा कानुनबमोजिम सरकारलाई पुँजीगत लाभकर नतिरेपछि विवाद सुरू भएको हो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 42

प्रतिक्रिया (०)

सम्बन्धित खबर