![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/12/bishwo-1-1.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
बाजुरा – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिले सरकार फेरबदलको कुरा नभएको बताउनुभएको छ । नेपाल प्रेस युनियन बाजुरा शाखाले आज मङ्गलवार आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सरकार फेरबदलबारे गठबन्धन र पार्टीमासमेत कुनै कुरा नभएको बताउनुभएको हो ।
महामन्त्री शर्माले सरकारबाट भएका कमी कमजोरीको आलोचना गर्ने र सकारात्मक कामको प्रशंसा गर्ने काम पनि पार्टीबाटै हुनुपर्ने उल्लेख गर्नुभयो । नेपाली कांग्रेसकै सरकार हुँदा पनि गलत कार्यको विरोध गर्नु लोकतान्त्रिक अभ्यास भएको उहाँको भनाइ थियो ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
सरकारले गर्ने हरेक गतिविधिमा निगरानी गरेर गलत भए खबरदारी र सही कामको समर्थन गर्न पछि नहट्ने महामन्त्री शर्माले प्रतिबद्धता जनाउनुभयो ।
पार्टीले आयोजना गर्न लागेको महासमितिको अधिवेशन नेतृत्व चयन नभएर नीति बनाउने अधिवेशन भएको प्रष्ट पार्दै उहाँले महासमितिको अधिवेशनमा नेतृत्वका लागि चयनभन्दा पनि नीति बनाउने चिन्ता पार्टीका नेतामा हुनुपर्नेमा जोड दिनुभयो । महामन्त्री शर्माले भन्नुभयो, ‘मिसन ८४ का लागि चिन्ता लिन पर्दैन, २०८१–८३ सालसम्म देशलाई कस्तो बनाउने र देशलाई सही मार्गमा कसरी लैजाने भन्नेमा चिन्ता गर्नुपर्छ।’