![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/12/InShot_20231205_153015343.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/08/golary.png)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
झापा –बिर्तामोड नगरअस्पतालमा निशुल्क नर्मल डेलिभरी (प्रसूती)सेवा लिनेको संख्या २४ पुगेको छ । अस्पतालमा असार ३ गते आइतबार देखि २४ सै घण्टा नर्मल डेलिभरी सेवा सुरु भएपछि लाभ लिनेको संख्या २४ जना पुगेको हो ।
अस्पतालले बालरोग विशेषज्ञ सेवा थप गरेसंगै नर्मल डेलिभरी (प्रसूती) सेवालाई समेत अघि बढाएको थियो । नगर अस्पतालमा प्रसुती हुनेहरुको लागि मायाकोे झोलासमेत प्रदान गरिदै आएको छ । झोेलामा वच्चाको भोटो, टोपी, दौरा सुरुवाल दुई दुई थान, युरिन म्याट र आमालाई लुगा (म्याक्सी) एक एक थान उपलव्ध हुन्छ ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
नगर अस्पतालले प्रसुती सेवा लिनेहरुलाई १ हजार र सरकारी अस्पताल वा स्वास्थ्य केन्द्रमा नियमित गर्भवती जाँच ९एएनसी० गराउनेहरुको लागि ८ सय रुपैयाँ थप गरि १८ सय रुपैयाँ नगद पनि प्रदान गर्दै आएको मेडिकल सुपरीटेन्डेन्ट डाक्टर सुनिल अधिकारीले जानकारी दिनु भयो ।
अस्पतालले स्त्री तथा प्रसुती रोग विशेषज्ञ, बालरोग विशेषज्ञ, मानसिक, नसा तथा टाउको रोग विशेषज्ञ, एमडीजिपी, मेडिकल अधिकृत, ल्याव टेक्नोलोजिष्ट राखेर सेवा प्रवाह गर्दै आएको छ । अस्पतालमा हाल दैनिक २४ सै घण्टा निशुल्क नर्मल डेलिभरी, स्वास्थ्य विमा सेवासंगै सहुलियत दरमा एक्स(रे, भिडियो एक्स(रे र इसीजी, गर्भवती जाँच, परिवार नियोजन, अत्याधुनिक प्रविधि सहितको प्रयोगशाला ल्याव, वच्चाहरुको नियमित खोप, रेबिज विरुद्वको खोप लगायतका सेवा उपलव्ध गराउँदै आएको छ ।
हाल दैनिक ३ सय जना भन्दा बढीले विभिन्न प्रकारका स्वास्थ्य सेवा लिँदै आएका छन् ।