Aamsanchar

माेरङकाे एक कवाडी गोदाममा आगलागी : मृतककाे संख्या दुई पुग्याे

Author Image
बुधवार, मंसिर २०, २०८०

विराटनगर – विराटनगरको कवाडी गोदाममा आगलागीमा परेर मृत्यु हुनेको संख्या २ पुगेको छ। एक जनाको उपचारका क्रममा र एक जनाको घटनास्थलमै मृत्यु भएको हो। आगलागीमा परेर विराटनगर-७ का ३२ वर्षीय दीपक मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ। उनलाई गम्भीर घाइते अवस्थामा उद्धार गरेर उपचारका लागि न्युरो अस्पताल लगिएको थियो। उपचारकै क्रममा मृत्यु भएको हो।

 

एक जनाको जलेर मृत्यु भएको अवस्थामा घटनास्थलमा शव फेला परेको छ। शवको पहिचान खुलेको छैन। मृतक महिला कि पुरुष भनेर छुट्टाउन पनि नसकिएको प्रहरीले जनाएको छ। उद्धारकर्ताहरूका अनुसार आगलागी भइरहेको गोदामभित्र आगोले जलिरहेको देखिन्थ्यो। तर, आगो नियन्त्रणमा समस्या भएपछि उद्धार गर्न नसक्दा जलेर त्यहीँ मृत्यु भएको हो।

विराटनगर महानगरपालिका-७ सातघुम्तीमा रहेको कवाडी पसलमा बुधबार दिउँसो २स्१५ बजेतिर आगलागी सुरु भएको हो। आगलागीमा परेकामध्ये ५ जनालाई उद्धार गरेर उपचारका लागि लगिएको थियो।

अन्य घाइतेमध्ये विराटनगर-६ की अन्दाजी ६० वर्षीया रीता सरदार, विराटनगर-६ की अन्दाजी ६५ वर्षीय सुशीला पासवान, मोरङको कटहरी गाउँपालिका-६ की अन्दाजी ३० वर्षीया पिंकी कामतको न्युरोमा र विराटनगर-६ का अन्दाजी ५८ वर्षीय किशोर कामतको कोसी अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार उपचाररतमध्ये रीता र सुशीलाको अवस्था गम्भीर छ।

कवाडी गोदाममा लागेको आगो अझैसम्म नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार विभिन्न ठाउँबाट आएका दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहेको छ। आगलागीको कारण खुल्न सकेको छैन।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 85

प्रतिक्रिया (०)