

बिर्तामोड । झापाको बिर्तामोडमा चिया क्षेत्रका समस्या र समाधानका बिषय सरोकारवालासँग अन्तरक्रिया भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा बुधवार (आज) बिर्तामोडमा अन्तरक्रिया कार्यक्रम भएको हो । स्थानीय सरकार, प्रदेश सरकार तथा सरोकारवालाहरुसँग संलग्न चिया सम्बन्धी समसामयिक बिषय बस्तुमा केन्द्रित अन्तरक्रिया भएको छ ।

कार्यक्रममा चिया मजदुर, ब्यवसायी, उद्योगका समस्या एकदमै ठूला भएकाले स्थानीय स्तरबाट मात्र समाधान नहुने भएकाले राज्यले नै हल गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

कार्यक्रममा झापाका स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, चिया मजदुरका नेता तथा प्रतिनिधि, उद्योगी, ब्यवसायीले आ–आफ्नो समस्या र समाधानका बिषयमा आफ्ना भनाई प्रस्तुत गरेका थिए ।



बोर्डका कार्यकारी निर्देशक बिष्णुप्रसाद भट्टराईको अध्यक्षतामामा भएको अन्तरक्रियामा कोशी प्रदेश सांसद एकराज कार्कीको प्रमुख आतिथ्य रहेको थियो । स्वागत बोर्डका निर्देशक दीपक खनालले गरेको कार्यक्रमको सहजीकरण बोर्डको क्षत्रिय कार्यालय बिर्तामोडका प्रमुख इन्द्र अधिकारीले गरेका थिए ।

