Aamsanchar

जुकेखाडी सामुदायिक वनका उपभोक्ताको थाप्लोमा लाखौं ऋण

Author Image
बिहिवार, मंसिर २१, २०८०

अर्जुनधारा । झापाको अर्जुनधारा–३ मा रहेको जुकेखाडी सामुदायिक वनको आर्थिक बर्ष २०७९/८० मा कुल ऋण ६० लाख भन्दा माथि पुगेको छ । २८ औं साधारणसभामा सार्वजनिक गरेको विवरण अनुसार हालसम्म ६० लाखभन्दा माथि ऋण रहेको र केही महिनामा १ करोड नाघ्ने बताइएको छ ।

बार्षिक ९ हजार ५ सय ८४ क्यू फिट कटान क्षमता भएपनि यस समूहमा लाखौं ऋणभार प्रत्येक वर्ष बढ्दै गएको देखिन्छ।  तीन  वर्षमा नेतृत्व हस्तान्तरण भई सामुदायिक वनमा नयाँ नेतृत्व चयन हुने व्यवस्था छ । उम्मेदवारले निर्वाचनमा ऋण मुक्त सामुदायिक वन र कैदले पर्यापर्यटनको विकासलाई मुख्य प्राथमिकता राखी  नेतृत्वमा पुग्ने गर्छन्। तर यस वनमा जो व्यक्ति नेतृत्वमा आएपनि  समूहको ऋण बढेकोमा आलोचना जनस्तरमा व्यापक बढेको छ ।

साधारणसभामा गत आर्थिक वर्षमा  वार्षिक ३ करोड ६० लाख ६८ हजार ९ सय ६८ रुपैयाँ २२ पैसा आर्थिक कारोबार गरेको यस वन समूहमा ऋण रकम  प्रत्येक वर्ष बुद्धि हुँदै जानुमा मुख्य कारण सामुदायिक वनले प्रशासनिक कार्य सम्पादन गर्नका निम्ति उच्चमूल्यमा साहुँमाजनबाट २४ प्रतिशत ब्याजदरमा सापटी लिएर ऋण लिएर कार्यालय सञ्चालन गर्नु र विभिन्न शिर्षकका भम्रण भत्ता लगायतका खर्चहरू कटौती हुन् नसक्नु नै वन क्षेत्रको विज्ञहरूको दाबी छ ।

समूहको कार्यालय प्राङ्गणमा अध्यक्ष झरीन्द्रकुमार खड्काको अध्यक्षतामा आयोजित साधारणमा बोल्ने अधिकांस वक्ताले कैदले पर्यापर्यटनलाई गुरु योजना निर्माण सहित राजनीतिक साझा संकल्प बनाई त्यस क्षेत्रको विकासमा जोडदिनुपर्ने औंल्याएका थिए । ७ सय ४७ दशमलव ७० हेक्टर रहेको र २१ सय १७ घरधुरीलाई समटेको यस सामुदायिक वनमा वन पैदावारको आम्दानी पनि निकै उत्कृष्ट रहेको समूहको प्रतिवेदनमा सार्वजनिक भएको छ । यसरी, कुल समूहको ६० लाख ऋणलाई प्रतिव्यक्ति उपभोक्ता भाग लगाउँदा ऋण दायित्व अहिले २८ सय ३५ ऋण हुन्छ ।

२८ औं साधारणसभामा प्रमुख अतिथि सामुदायिक वन उपभोक्ता महासंघ झापाका अध्यक्ष वेदप्रकाश भण्डारीले उद्घाटनको कार्यक्रममा संविधान सभा सदस्य प्रेमबहादुर गिरी, अर्जुनधारा–३ का वडाध्यक्ष सीताराम भट्टराई, निवर्तमान वडाध्यक्ष जीवन भण्डारी, नेकपा एमालेका अर्जुनधारा नगर उपाध्यक्ष लोकमान श्रेष्ठ, अर्जुनधारा नगरपालिका निवर्तमान उपमेयर कमला खतिवडा, नेकपा माओवादी केन्द्रका नारायण पौडेल, कनकाई सब डिभिजन वन कार्यालयका प्रमुख नथुनी गहिवार यादव, उद्योग वाणिज्य संघ अर्जुनधाराका अध्यक्ष इन्द्रीवर खड्काले   शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।  समूहका पर्यटन उपाध्यक्ष दुलालले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव नर्वदा दियालीले गरेकी समूहका लेखापाल हरि प्रसाद खतिवडाले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 91

प्रतिक्रिया (०)

सम्बन्धित खबर