

कास्की – पोखराको लेखनाथमा कारले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ ।

दुर्घटनामा पोखरा महानगरपालिका–२५ हेम्जाकी २३ वर्षीया अनिशा खड्का र पोखरा–५ जिरो किमीकी २४ वर्षीया भावना बरालको ज्यान गएको कास्की प्रहरीले जानकारी दिएको छ । उनीहरू दुवै जना गण्डकी मेडिकल कलेजका विद्यार्थी हुन् ।

आज आइतवार पोखराबाट तालचोकतर्फ जाँदै गरेको बी एए ००४१ नम्बरको कारले तालचोकबाट पोखरातर्फ आउँदै गरेको ग १३ प ३५७८ नम्बरको स्कुटरलाई पोखरा–२६ सुन्दरी बजारको पृथ्वी राजमार्गमा ठक्कर दिएको थियो । प्रहरीले कारका चालक मानबहादुर बानियाँलाई पक्राउ गरेका थियो ।

Views: 200

