Aamsanchar

न्यु भिजनको १० औं साधारणसभा सम्पन्न

Author Image
सोमवार, मंसिर २५, २०८०

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको न्यु भिजन बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १० औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष  गायत्रीप्रसाद मैनालीको अध्यक्षतामा हिजो (आइतबार) बिर्तामोडमा आयोजना भएको साधारणसभामा कोशी प्रदेशसभा सदस्य सासंद एकराज कार्कीको प्रमुख आतिथ्य रहेको थियो ।

संस्थागत सुशासन, आन्तरिक नियन्त्रण प्रणालीको सुदृढीकरण र चुस्त व्यवस्थापन तथा सेवाको लागि सदस्यता, बचत, ऋण नीति आर्थिक, कर्मचारी प्रशासन नियमावली,  सम्पत्ति शुद्धिकरण आन्तरिक कार्यविधि, संस्था सञ्चालन र कोष परिचालन नीति गरि आठ वटा नीति तथा कार्यविधिहरू पहिले नै पारित गरिसकेको न्यु भिजन साकोसले यस पटक संरक्षित पूँजी फिर्ता कोष, कम्प्युटरमा आधारित लेखा प्रणाली, संस्था एकीकरण तथा सेवा केन्द्र विस्तार, यस वर्षको लागि लेखापरीक्षकको नियुक्ति, निष्क्रिय सदस्यलाई सक्रिय बनाउने नीति तथा योजनाहरू पारित गरेको छ ।

त्यस्तै चालु वर्षको लागि सदस्य हित कार्यक्रम, सदस्य शिक्षा लगायतका सदस्य केन्द्रित कार्य तथा कार्यक्रमहरू, प्रविधि उन्मुख व्यवस्थापन तथा सदस्य सेवा, कोष संकलन तथा परिचालन योजनाहरू सभाबाट पारित भएको छ ।
१ करोड ४९ लाख शेयर पूँजी रहेको न्यु भिजनमा आँउदो वर्षमा २ करोड ५० लाख शेयर पूँजी पुर्याउने, ४ करोड ४३ लाख निक्षेप पूँजी रहेकोमा आगामी मसान्त सम्ममा ६ करोड ६५ लाख पुर्याउने र यसका साथै बाह् ऋण १ करोड ४३ लाख लिने योजना न्यु भिजनको रहेको छ ।

आर्थिक वर्ष २०७९/०८० मा ५ करोड ९६ लाख कुल पूँजी रहेको सहकारीलाई ११ करोड ३४ लाख पुर्याउने लक्ष्य रहेको प्रतिवेदनमा उल्लेख छ । २०७९/०८० मा ८९ लाख आम्दानी भएको र आगामी आर्थिक वर्षको मसान्त भित्र १ करोड ८८ पुर्याउने संस्थाको लक्ष्य रहेको छ ।

२०७९/०८० मा कुल खर्च ( कर्जा नोक्सानी व्यवस्था बाहेक ) १ करोड १४ लाख खर्च भएको मा आगामी वर्षमा भने १ करोड ५२ लाख रुपैयाँ खर्च पुग्ने प्रतिवेदनले देखाएको छ । कुल कर्जा नोक्सानीलाई २ प्रतिशत भन्दा तल झार्ने योजना बनाएको न्यु भिजनले आर्थिक मन्दी र वित्तीय श्रोतमा अत्याधिक मात्रमा व्याज खर्च समेतले आर्थिक यस आर्थिक वर्षमा संस्थाले ४० लाख ५ हजार खुद नाफा गरेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।

साधारणसभाको खुला सत्रमा उत्कृष्ट बचतकर्ता दुर्गा दुलाल र यामराज ढुङ्गानालाई सम्मान गरिएको छ । त्यस्तै उत्कृष्ट ऋणीहरू रामकुमार श्रेष्ठ, लंकादेवी साँवा र वर्ष उत्कृष्ट कर्मचारीमा सीतादेवी खरेल र कुमारी भण्डारीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकाल, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
युवा समाजसेवी सजेश शिवाकोटी, बिर्तामोड उद्योग वाणिज्य संघका सचिव कुशल खतिवडा, बिर्तामोड –४ का वडाध्यक्ष राहुल शर्मा, संस्थाका निवर्तमान अध्यक्ष रोशन सुवेदीलगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य सदस्य नवीन शिवाकोटीले गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव सार्दुलहाङ ओलीले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 132

प्रतिक्रिया (०)

सम्बन्धित खबर