Aamsanchar

नेप्लिज क्यानडियन क्रिकेट क्लब (एनसीसी) मा नयाँ समिति

Author Image
मङ्गलवार, मंसिर २६, २०८०

नेप्लिज क्यानडियन क्रिकेट क्लब (एनसीसी) मा नयाँ कार्यसमिति चयन भएको छ ।  हिजो आयोजित ५ औ वार्षिक साधारणसभाले अमृत थापाको नेतृत्वमा १२ सदस्य समिति चयन गरेको हो।

नव गठित समितिमा संरक्षक इमरान असगर, अध्यक्ष अमृत थापा ,उपाध्यक्ष  दिनेश बानियाँ, उपाध्यक्ष विनोद गुप्ता ,सचिव आलोक देवकान्त, कोषाध्यक्ष कुशल रानाभाट, सह कोषाध्यक्षमा  राजन तामाङलाई चयन गरिएको छ । त्यसैगरी समितिको कार्यसमिति सदस्यमा बिपिन पराजुली, विनय यादव, सुशान्त तुलाधर, विदुर भण्डारी र मनिल वाग्ले सर्वसम्मत चयन भएका हुन ।

सन् २०१७ मा स्थापित क्रिकेट क्लबले  क्रिकेट खेलका विभिन्न गतिविधि गर्दै आएको छ।  प्रतिष्ठित मिसिसाउगा क्रिकेट लिगमा सहभागी नेपलीज क्यानडियन क्रिकेट क्लब क्यानडाली लिगमा प्रतिस्पर्धा गर्ने सम्भवतः पहिलो नेपाली खेलकुद टोली हो। सन् २०२२ मा एनसीसीले नेपालको राष्ट्रिय क्रिकेट टोलीलाई क्यानडाको राष्ट्रिय टोली विरुद्ध ऐतिहासिक द्विपक्षीय शृङ्खलाको लागि क्यानडा ल्याउनमा महत्त्वपूर्ण भूमिका खेलेको अध्यक्ष थापाले जानकारी दिए।

क्लबले अध्ययनका लागि नेपालबाट आएका विद्यार्थीलाई खेल्ने मौका दिदै आएको छ ।  क्लबमा आवद्ध सदस्यहरूले खेलकुदको अलावा विभिन्न सामाजिक गतिविधिहरूमा  सहभागिता जनाउदै आएको क्लबका निवर्तमान सभापति किरोज श्रेष्ठले जानकारी दिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 118

प्रतिक्रिया (०)

सम्बन्धित खबर