Aamsanchar

आफ्नै छोराकाे कुटपिटबाट आमाको ज्यान गयाे

Author Image
मङ्गलवार, मंसिर २६, २०८०

भोजपुर – आफ्नै छोराले कुटपिट गर्दा घाइते भएकी टेम्केमैयुङ गाउँपालिका-५ खावा बस्ने ४६ वर्षीया पवित्रा देवी राईको मृत्यु भएको छ।

घरायसी विवादका कारण उनकै छोरा २० वर्षीय सन्देश राईले मंसिर ९ गते कुटपिट गरेको र सोही कारण बिरामी भएकी पवित्राको उपचारको लागि जिल्ला अस्पताल भोजपुर लैजाने क्रममा आइतबार दिउँसो बाटोमै मृत्यु भएको हो।

अभियुक्त सन्देशलाई प्रहरीले पक्राउ गरी यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।

Views: 150

प्रतिक्रिया (०)

सम्बन्धित खबर