Aamsanchar

आफ्नै छोराकाे कुटपिटबाट आमाको ज्यान गयाे

Author Image
मङ्गलवार, मंसिर २६, २०८०

भोजपुर – आफ्नै छोराले कुटपिट गर्दा घाइते भएकी टेम्केमैयुङ गाउँपालिका-५ खावा बस्ने ४६ वर्षीया पवित्रा देवी राईको मृत्यु भएको छ।

घरायसी विवादका कारण उनकै छोरा २० वर्षीय सन्देश राईले मंसिर ९ गते कुटपिट गरेको र सोही कारण बिरामी भएकी पवित्राको उपचारको लागि जिल्ला अस्पताल भोजपुर लैजाने क्रममा आइतबार दिउँसो बाटोमै मृत्यु भएको हो।

अभियुक्त सन्देशलाई प्रहरीले पक्राउ गरी यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 118

प्रतिक्रिया (०)

सम्बन्धित खबर