Aamsanchar

यू–१९ एसिया कप : नेपाल भारतसँग १० विकेटले पराजित

Author Image
मङ्गलवार, मंसिर २६, २०८०

काठमाडौं – एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपाल भारतसँग १० विकेटले पराजित भएको छ।

यूएईमा जारी प्रतियोगितामा नेपालले दिएको ५३ रनको सामन्य लक्ष्य भारतले ७।१ ओभरमा विना क्षति भेट्टायो। भारतका अर्सिन अतुल कुलकर्नी ४३ र आदर्श सिंह १३ रनमा अविजित रहे।

यसअघि टस हारेपछि ब्याटिङको निम्तो पाएको नेपाल २२।१ ओभरमा जम्मा ५२ रनमा अलआउट भएको थियो । यू–१९ मा नेपालको यो सबैभन्दा न्यून स्कोर हो ।

नेपालका कुनै पनि ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् । हेमन्त धामीले नेपालबाट सर्वाधिक ८ रन बनाए । अर्जुन कुमाल र दीपक बोहरा ‘बी’ ले समान ७ रन बनाए ।

दीपक बोहरा ‘ए’ १, उत्तम थापामगर शून्य, कप्तान देव खनाल २, दीपक डुम्रे शून्य, सुवास भण्डारी २ रनमा आउट भए । आकाश चन्द ४ रनमा अविजित रहे ।

भारतका तीब्र बलर राज लिम्बानीले दुबईस्थित आइसीसी एकेडेमी मैदान २ मा ७ विकेट लिँदै नेपाली ब्याटिङक्रमलाई ध्वस्त पारेका थिए। उनले ९.१ ओभरमा ३ मेडन राख्दै १३ रन खर्चेर उत्कृष्ट प्रर्दशन गरे ।

पराजयसँगै नेपाल समूह चरणबाटे बाहिरिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 129

प्रतिक्रिया (०)

सम्बन्धित खबर