Aamsanchar

हलेसीबाट पूर्वमन्त्री किराँतीसहित १० जना पक्राउ

Author Image
मङ्गलवार, मंसिर २६, २०८०

काठमाण्डौ – खोटाङको हलेसीबाट पूर्वमन्त्री गोपाल किराँतीसहित १० जना पक्राउ परेका छन् ।

कोशी प्रदेशको नामकरणमा असन्तुष्ट नेता किराँतीसहित अभियन्ता पक्राउ परेका प्रहरीले जनाएको छ । आज मङ्गलवार नेकपा (एमाले)को सङ्कल्प यात्रामा अवरोध गर्ने तयारीमा रहेका उनीहरू पक्राउ परेका हुन् ।

कोशी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) राजेशनाथ बास्तोलाले नेता किराँतीसहित १० जना पक्राउ परेका जानकारी दिनुभयो । तत्कालीन प्रदेश नम्बर १ को नाम कोशी राखेपछि असन्तुष्ट पहिचानवादी सङ्घ–संस्थाले पुनः नामकरणको माग राख्दै आएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
2
+1
1
+1
0
+1
1
+1
0
+1
0
Views: 201

प्रतिक्रिया (०)

सम्बन्धित खबर