Aamsanchar

आयुर्वेद अस्पताल लखनपुरमा पाइल्स लगायत मलद्वारमा हुने रोगको जाँच तथा उपचार शुरु 

Author Image
मङ्गलवार, मंसिर २६, २०८०

दमक।  झापाको कमल गाँउपालिकास्थित प्रादेशिक आयुर्वेद अस्पताल लखनपुरले पाइल्स, फिस्टुला, फिसर जस्ता मलद्वारमा हुने रोगको जाँच तथा उपचार शुरु गरेको छ । सोमबार र मंगलबार वृहत आयुर्वेद स्वास्थ्य शिविर सहित यो सेवा शुरु गरेको हो ।

कोशी प्रदेशका प्रमुख सचिव डा। दीपक काफ्ले सोमबार उद्घाटन गरेको आयुर्वेद स्वास्थ्य शिविरमा ५ सयजना भन्दा बढि बिरामीले निशुल्क जाँच तथा उपचार पाएको जनाईएको छ । क्षारसूत्र विधिबाट पायल्सका बिरामीको उपचार पनि शुरु गरिएको अस्पतालका निमित्त निर्देशक डा। सिद्धार्थ ठाकुरले बताएकाछन् ।

शिविरमा आएका बिरामीहरूको निशुल्क रुपमा सबै प्रकारका जाँच, उपचार र औषधि बितरण गरिएको छ । डा. ठाकुरको नेतृत्वमा डा. रमेश पौड्याल (सर्जन), डा. निर्मल भुसाल (फिजिसियन), डा. मिथिलेश शाह, डा. मिशान्त ढकाल लगायतले जाँच तथा उपचार गर्नु भएको कविराज निरक्षक बेदप्रकाश शर्माले बताउनु भयो ।

अस्पतालको स्तरोन्नति सहित सेवा विस्तारको क्रममा अब नियमित रुपमा पाइल्स, फिस्टुला, फिसर जस्ता मलद्धारमा हुने रोगको जाँच तथा उपचार शुरु गरिएको पनि अस्पतालका निमित्त निर्देशक डा.  ठाकुरले जनाउनु भएको छ । क्षारसूत्र विधिबाट यस प्रकारको रोगको अब यहाँ सहज र सरल रुपमा उपचार हुन्छ, उनले भने ।

५० बेड क्षमताको आयुर्वेद अस्पतालमा इमर्जेन्सी लगायतका सेवा समेत शुरु गर्न लागिएको छ । डा. ठाकुर आउनु अघि अस्तव्यस्त र सेवा विहीन रहेको अस्पतालले ६ महिनामा फड्को मार्दै गएको जनाईएको छ ।
पञ्चकर्म, भिडियो एक्स रे, ल्याब सेवा शुरु गरेपछि बिरामीको चाँप समेत बढेको बताईएको छ । सरकारले तोकेका औषधिहरू बिरामीले निशुल्क पाउदै गएकाछन् । अहिले भने औषधिको केही अभाव खड्किएको छ तर सकेसम्म हामी व्यवस्थापन गर्दैछौ, ठाकुरले भने ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 217

प्रतिक्रिया (०)

सम्बन्धित खबर