Aamsanchar

नेपाल सुपर लिगमा आज ललितपुर र झापा खेल्दै

Author Image
शुक्रवार, मंसिर २९, २०८०

काठमाडौं – नेपाल सुपर लिग (एनएसएल) मा शुक्रबार अपराजित टोली ललितपुर सिटी एफसी र झापा एफसीबीच प्रतिस्पर्धा हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने यो खेल अपराह्न ५ बजे शुरु हुने छ ।

यो खेलमा जित निकाले ललितपुर प्रतियोगताको शीर्ष स्थानमा उक्लिने छ । यस्तै जित निकाल्न सके झापा शीर्ष चारमा प्रवेश गर्ने छ ।

प्रतियोगितामा ललितपुरको यो छैटौँ खेल हो। दोस्रो स्थानको ललितपुरले दुई जित र तीन बराबरीसहित ९ अंक जोडेको छ ।

पाँच खेलबाट ६ अंक जोडेको झापा भने तालिकाको छैटौँ स्थानमा छ। हालसम्म प्रतियोगितामा झापाले एक खेलमा मात्र जित निकालेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 99

प्रतिक्रिया (०)

सम्बन्धित खबर