

काठमाडौं – काभ्रेपलान्चोकको एक जंगलमा मानव कंकाल फेला परेको छ । पनौतीको चौकोट जंगलमा मानव अस्थिपञ्जर फेला परेको हो ।

स्थानीयले घाँस दाउरा काट्न जाने क्रममा पुरुषको जस्तो देखिने मानव अस्थिपञ्जर देखेपछि प्रहरीलाई खबर गरेका थिए । घडी र मोबाइल पनि सँगै रहेको प्रहरीले जानकारी दिएको छ ।
अस्थिपञ्जर पनौति ६ बस्ने ५२ वर्षका रामसरण हुमागाईंको रहेको बताइएको छ । उनी ६ महिनादेखि हराएका प्रहरीले जनाएको छ ।

Views: 91

