Aamsanchar

झापामा अटो चालकसहित तीन जना ब्राउन सुगर सहित पक्राउ

Author Image
शुक्रवार, मंसिर २९, २०८०

झापा – झापाको दमकबाट लागुऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा अटो चालक दमक नगरपालिका–१ निवासी ३५ वर्षीय प्रकाश श्रेष्ठ र अटोमा सवार सोही स्थानका २३ वर्षीय अर्जुन लिम्बू र उनकी श्रीमती २७ वर्षीया मनीषा लिम्बू रहेका जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

बिहीबार बेलुका ६ बजेको समयमा विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई दमक–७ हनुमान मन्दिरस्थित पशुहाट क्षेत्रबाट पक्राउ गरेको हो ।

दमकबाट बेलडाँगीतर्फ जाँदै गरेको को १ ह ९७४५ नम्बरको अटोलाई रोकेर चेकजाँच अटोको डिकीभित्र लुकाइछिपाई राखेको ५१ ग्राम ब्राउन सुगर फेला परेको थियो । यता अटोसहित पक्राउ परेका तीन जनालाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 25

प्रतिक्रिया (०)

सम्बन्धित खबर