Aamsanchar

आज पनि बढ्याे सुनचाँदीको भाउ

Author Image
शुक्रवार, मंसिर २९, २०८०

काठमाण्डौ – सुनचाँदीको भाउ आज पनि बढेको छ । हिजो तोलामा एकैदिन दुई हजार ८ सय रुपैयाँले बढेको सुनको भाउ आज फेरि तीन सय रुपैयाँले महँगिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

महासङ्घका अनुसार सुनको भाउ आज तोलामा एक लाख १९ हजार एक सय रुपैयाँ छ । हिजो तोलाको एक लाख १८ हजार ८ सय रुपैयाँ थियो ।

गएको १८ गते सोमवार सुन अहिलेसम्मकै महँगो तोलामा एक लाख २१ हजार ६ सय रुपैयाँमा पुगेको थियो । यस्तै, आज चाँदी पनि तोलामा १५ रुपैयाँले बढेर एक हजार ४ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 112

प्रतिक्रिया (०)