Aamsanchar

अर्जेन्टिनी कप्तान लियोनल मेसीले लगाएको जर्सी ७८ लाख अमेरिकी डलरमा लिलाम

Author Image
शुक्रवार, मंसिर २९, २०८०

काठमाडौं – फिफा विश्वकप–२०२२ का दौरान अर्जेन्टिनी कप्तान लियोनल मेसीले लगाएको ६ थान जर्सी ७८ लाख अमेरिकी डलरमा लिलाम भएको छ ।

अर्जेन्टिनाले गत वर्ष कतारमा सम्पन्न विश्वकपको उपाधि मेसीकै कप्तानीमा जितेको थियो । प्रतियोगितामा मेसीले लगाएका जर्सीमध्येका ६ वटा जर्सी बिक्रीका लागि अक्सनमा राखिएको थियो । अक्सनमा मेसीले फाइनलको पहिलो हाफ, सेमिफाइनल, क्वार्टरफाइनल, अन्तिम–१६ को खेल र समूह चरणका दुई खेलमा लगाएको जर्सी राखिएको थियो ।

मेसीको जर्सीले अर्जेन्टिनाकै पूर्व–कप्तान म्याराडोनाले लगाएको जर्सीको मूल्यलाई भने छुन सकेन । यसअघि गत वर्ष अक्सनमा राखिएको म्याराडोनाको जर्सी ९० लाख डलरमा बिक्री भएको थियो ।

अर्जेन्टिनाले सन् १९८६ को विश्वकपको उपाधि जित्दा म्याराडोनाले उक्त जर्सी क्वार्टरफाइनलमा इंग्ल्यान्डविरुद्ध लगाएका थिए । उक्त खेलमा अर्जेन्टिना २–१ ले विजयी हुँदा दुवै गोल म्याराडोनाले गरेका थिए । इंग्ल्यान्डविरुद्ध म्याराडोनाको एक गोल ‘ह्यान्ड अफ गड’ले परिचित बन्दा दोस्रो गोल शताब्दीकै उत्कृष्ट घोषित भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 179

प्रतिक्रिया (०)

सम्बन्धित खबर