Aamsanchar

ललितपुर र झापाबीचको खेल गोलरहित बराबरी

Author Image
शुक्रवार, मंसिर २९, २०८०

काठमाण्डौ – नेपाल सुपर लिग (एनएसएल)मा ललितपुर सिटी एफसी र झापा एफसीबीचको खेल गोलरहित बराबरीमा सकिएको छ ।

आज शुक्रवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा दुवै टोलीले केही मौका बनाए पनि गोल भने हुन सकेन । यो बराबरीसँगै दुवै टोलीले अङ्क बाँडेका छन् । ललितपुरले तालिकाको शीर्ष स्थानमा पुग्ने मौका गुमायो ।

ललितपुर ६ खेलमा १० अङ्कसहित तालिकाको दोस्रो स्थानमा यथावत् छ । झापा ६ खेलमा ७ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा उक्लेको छ ।

प्रतियोगितामा भोलि शनिवार दशरथ रङ्गशालामा २ वटा खेल हुँदैछ । पहिलो खेलमा दिउँसो १ बजे पोखरा थन्डर्स र वीरगञ्ज युनाइटेड एफसी खेल्नेछन् भने दोस्रो खेलमा बेलुकी ५ बजे स्पोर्टिङ इलाम एफसी र एफसी चितवन खेल्नेछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 122

प्रतिक्रिया (०)

सम्बन्धित खबर