

सप्तरी – माटोको ढिस्कोले पुरिएर सप्तरीमा एकजनाको ज्यान गएको छ ।

सप्तरीको अग्निसाइर कृष्णसावरण गाउँपालिका(४ बनौलीका ४२ वर्षीय पर्शुराम यादवको माटोको ढिस्कोले पुरिएर ज्यान गएको हो ।
नदीको किनारमा पूजा गर्नका लागि माटो खन्ने क्रममा ढिस्कोले पुरिएर घाइते हुनुभएका उहाँको उपचारका क्रममा छिन्नमस्ता अस्पताल राजविराजमा ज्यान गएको हो ।

Views: 116

