Aamsanchar

प्रतिनिधिसभाका सभामुखबाट पुराण उद्घाटन

Author Image
सोमवार, पौष २, २०८०

हल्दीबारी  । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले झापाको हल्दीबारी २ मा रहेको लक्ष्मीनारायण मन्दिरमा आयोजित पुराणको उद्घाटन गरेका छन् । आगामी पुस १० गते सम्म आयोजना हुने विराट धन धान्याञ्चल श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको आज एक कार्यक्रमका बिच सभामुख घिमिरेले उद्घाटन गर्दै नेपालका केही वकिलका कारण विकास निर्माणमा असर परेको जिकिर गर्दै देश आर्थिक अपठ्यारोमा परेको समेत बताए । 

संसद् विकास कोषबाट सांसद विकास कोष रोकिएकोले सांसदले आफ्नो क्षेत्रमा जनताको समस्या सम्बोधन गर्न नसकिएको उल्लेख गरे ।

उनले कार्यक्रममा बोल्दै केही वकिल र सरकारका कारण जनताको अपेक्षा अनुरूप काम गर्न बाधा पुगेको बताए । हल्दीबारी र बिर्तामोडको सिमा क्षेत्रमा रहेको सो ठाउँको विकासका विषयमा आफू जानकार रहेको भए पनि सरकारको उदासिनताका कारण सोचे अनुसारको विकास हुन नसकेको बताउँदै आगामी दिनमा विभिन्न श्रोत मार्फत भए पनि जन अपेक्षा अनुसारको काम गर्ने दाबी गरे । 

यस्तै कार्यक्रममा कोशी प्रदेश सभा सदस्य एकराज कार्की ,बिर्तामोड नगर प्रमुख पवित्रा महतरा प्रसाईं ,हल्दीबारी वडा नम्बर २ का वडाध्यक्ष सुकलाल राजवंशी लगायतले शुभकामना राखेका थिए ।

मन्दिर व्यवस्थापन समिति अध्यक्ष खिलेश्वर दाहालको अध्यक्षता रहेको कार्यक्रममा स्वागत पुण्य लम्सालले गरेका थिए । कार्यक्रम सञ्चालन सरोज पौडेलले गरेका थिए । 

आज सोमबार बाट सुरु भएको पुराणको प्रमुख कथा बाचक भागवत नेपाल र उप बाचक नारायण पौडेलले गर्ने बताईएको छ । पुराणबाट संकलित दान भेटी रकमबाट मन्दिर व्यवस्थापन तथा सामुदायिक भवन निर्माण गरिने आयोजक समितिले जनाएको छ। 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 51

प्रतिक्रिया (०)

सम्बन्धित खबर