काठमाडौं – चीनको उत्तरपश्चिमी क्षेत्रमा गएको भूकम्पमा परी कम्तीमा १११ जनाको मृत्यु भएको छ। भूकम्पमा २०० बढी घाइते भएको चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सले जनाएको छ।
उत्तर–पश्चिम गान्सु प्रान्तमा ६ दशमव २ म्याग्निच्युडको भूकम्प गएको हो। गान्सुसँगै छिमेकी प्रान्तका भवनहरूमा पनि क्षति पुगेको छ। भूकम्पका कारण केही भागमा विद्युत र खानेपानी आपूर्ति पनि अवरुद्ध भएको छ।
उद्धार कार्य जारी रहेको छ। केन्द्र सरकारले स्थानीय आपतकालीन कर्मचारीहरूलाई सहयोग गर्न उद्धारकर्मीहरूको टोली पठाएको छ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 133