Aamsanchar

काकड्भिट्टाबाट काठमाडौंका लागि छुटेको बस ट्रकसँग ठाेक्कियाे, ३ जनाकाे मृ*त्यु

Author Image
बुधवार, पौष ४, २०८०

काठमाडौं – बारामा यात्रु बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा २७ जना घाइते भएका छन्।

काकड्भिट्टाबाट काठमाडौंका लागि छुटेको बा ३–००१ ख २५८७ नम्बरको बस र हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ७३०० नम्बरको ट्रक आज राति २ बजे बाराको अमलेखगन्ज तीन नम्बर पुल नजिक एक आपसमा ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा परी ट्रक चालक तनहुँका २८ वर्षीय पूर्ण गुरुङ, मकवानपुर हेटौंडाका बस चालक ४० वर्षीय हरि शम्शेर र अर्का सनाखत हुन नसकेका एक पुरुषको मृत्यु भएको बारा प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए।

घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2
Views: 93

प्रतिक्रिया (०)

सम्बन्धित खबर