Aamsanchar

झापा : आज बिहानै धानमा थ्रेसर लगाउने क्रममा च्यापिएर एक जनाकाे ज्यान गयाे

Author Image
बुधवार, पौष ४, २०८०

झापा – झापा गाउँपालिकामा थ्रेसरमा च्यापिएर एक जना मृत्यु भएको छ। झापा गाउँपालिका-२ सुगाबथान निवासी ५७ वर्षीय नुनुवा टुडूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।आज बिहान करिब ५ बजे स्थानीय चन्द्रदेव राजवंशीको प्र १–०१–००१ त ८०९२ नम्बरको ट्याक्टरमा टुडूले आफ्नै धानको कुन्यूमा थ्रेसर लगाएका थिए।

सोही क्रममा टुडु थ्रेसरमा च्यापिँदा उनको शरीर टुक्रा टुक्रा भएको प्रहरीले जनाएको छ। घटनापछि ट्याक्टर चालक फरार रहेको र प्रहरी घटनास्थल पुगेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2
Views: 127

प्रतिक्रिया (०)