Aamsanchar

फिफा क्लब विश्वकपको उपाधिका लागि म्यानचेस्टर सिटी र फ्लुमिनेन्स भिड्ने

Author Image
बुधवार, पौष ४, २०८०

काठमाडौं – फिफा क्लब विश्वकपको उपाधिका लागि इङ्लिस् क्लब म्यानचेस्टर सिटी र ब्राजिलियन च्याम्पियन फ्लुमिनेन्स भिड्ने भएका छन्। ​

मंगलबार राति भएको खेलमा जापानको उरावा रेड्स डाइमण्ड लाई ३–० ले हराउँदै सिटी पहिलो पटक क्लब विश्वकपको फाइनल पुगेको हो। पहिलो हाफको इन्जुरी समयमा उरावाका मारियस हेइब्रोकनले आत्मघाती गोल गरे।

सिटीका मातेयो कोभासिचले ५२औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे। ​ बर्नान्डो सिल्भाले खेलको ५९औँ मिनेटमा गोल गर्दै सिटीलाई सहज जित दिलाए।

अर्को सेमिफाइनलमा फ्लुमिनेन्स इजिप्टको अल आलीलाई २–० ले हराउँदै उपाधिनजिक पुगेको हो। फाइनल खेल आगामी शुक्रबार साउदी अरबमा हुनेछ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 93

प्रतिक्रिया (०)

सम्बन्धित खबर