Aamsanchar

नेपाल सुपर लिग : आज झापा फुटबल क्लब र धनगढी खेल्ने

Author Image
बुधवार, पौष ४, २०८०

झापा : नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज
धनगढी र झापा फुटबल क्लब खेल्दैछन् । यो खेल दशरथ रङ्गशालामा बेलुका ५ बजे शुरु हुनेछ । नौ टोली सहभागी दोस्रो संस्करणको एनएसएलमा धनगढी ६ खेलमा १२ अङ्कका साथ तालिकाको दोस्रो र झापा समान खेलमा ७ अङ्कका साथ छैठौँ स्थानमा छ ।

आजको खेल जितेमा धनगढी १५ अङ्कका साथ शीर्ष स्थानमा रहँदै प्लेअफमा पुग्नेछ । यसअघि हिजो भएको खेलमा बुटबल लुम्बिनीलाई हराउँदै पोखरा थन्डर्स प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ । ७ खेलमा १० अङ्कका साथ ललितपुर सिटी तेस्रो र ६ खेलमा ९ अङ्कका साथ साविक विजेता टोली काठमाण्डौ रेजर्स चौथो स्थानमा छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 88

प्रतिक्रिया (०)

सम्बन्धित खबर