Aamsanchar

थप ५ लाख युक्रेनी युवाहरुलाई सेनाको रुपमा युद्धमा परिचालन गर्ने तयारी

Author Image
बुधवार, पौष ४, २०८०

एजेन्सी – रुस र युक्रेनबीचको युद्ध २ वर्षमा प्रवेश गर्नेै लाग्दा युक्रेनी सेनाले थप ५ लाख युक्रेनी युवाहरुलाई सेनाको रुपमा युद्धमा परिचालन गर्ने तयारी गरेको छ ।

युक्रेनका राष्ट्रपति भोलिडीमीर जेलेन्स्कीले कीभमा पत्रकार सम्मेलन गरी युक्रेनी सेनाले थप ४ लाख ४५ हजारदेखि ५ लाख सर्वसाधारणलाई सेनाको रुपमा परिचालन गरिने खुलासा गर्नुभएको हो ।

पत्रकार सम्मेलनमा जेलेन्स्कीले आफना देशका युवाहरुलाई युद्धका लागि तयारी अवस्थामा राख्नु निकै चुनौती भएपनि आफुहरु बाध्य भएको स्पष्ट पार्नुभएको छ ।

अमेरिका र युरोपियन युनियनले युक्रेनलाई गर्दै आएको सहायतामा आनाकानी गरेपछि युक्रेनले आफनै देशका थप नागरिकहरुलाई सेनाको रुपमा परिचालन गर्न लागेको हो ।

गोला बारुद्धको अभावका कारण युक्रेनलाई रुसी सेनाको सामना गर्न कठिन हुँदै गएको छ । अमेरिकी कांग्रेसमा रिपब्लिकनहरुले युक्रेनलाई दिने तयारी गरेको ६० अर्व अमेरिकी डलर र इयुले दिने भनेको ५० अर्व डलर बराबरको आर्थिक सहायता प्याकेजमा रोक लगाएपछि युक्रेन संकटमा पर्दै गएको छ ।

उता रुसका राष्ट्रपति भ्लादिमीर पुटिनले भने युक्रेनसंगको युद्ध जारी रहने स्पष्ट पार्दै रुसको जीत सुनिश्चित भएको दाबी गर्दै आउनु भएको छ । रुस र युक्रेनबीच गत सन् २०२२ को फेब्रअरी २४ देखि जारी रहेको युद्धका क्रममा हजारौको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 87

प्रतिक्रिया (०)

सम्बन्धित खबर