Aamsanchar

झापामा फेरि जंगली हात्तीको आक्रमणबाट एकजनाको ज्यान गयाे

Author Image
बुधवार, पौष ४, २०८०

झापा – झापामा फेरि जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दीबारी गाउँपालिका-२ का अन्दाजी ५५ वर्षीय पाथल राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । राजवंशी हल्दिबारी २ नम्बर वडा कार्यालयका कार्यालय सहयोगीमा कार्य‌रत थिए ।

राजवंशी बुधबार बिहान घरबाट निस्किएका थिए । घर नर्फकिएपछि परिवारका सदस्यले उनको खोजी गरेका थिए । उनको घर नजिकैको नालामा झारले छोपेको अवस्थामा शव फेला परेको वडाध्यक्ष शुकलाल राजवंशीले जानकारी दिए ।  गत मंसिरमा हल्दिबारी र दमकमा हात्तीको आक्रमणबाट दुईजनाको मृत्यु भएको थियो।फाेटाे: अन्नपूर्णपाेष्ट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 162

प्रतिक्रिया (०)

सम्बन्धित खबर