Aamsanchar

हल्दीबारीमा हात्तीको आक्रमणबाट फेरी एकजनाको ज्यान गयो

Author Image
बुधवार, पौष ४, २०८०

हल्दीबारी । झापामा फेरि जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको  छ । मृत्यु हुनेमा हल्दीबारी गाउँपालिका- २ का अन्दाजी ५५ वर्षीय पाथल राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । राजवंशी हल्दीबारी २ नम्बर वडा कार्यालयका कार्यालय  सहयोगीमा कार्यरत थिए । 

राजवंशी बुधबार बिहान घरबाट निस्किएका थिए । धेरैबेर सम्म राजवंशी घर नफर्किए पछि परिवारका सदस्यले उनको खोजी गरेका थिए ।  उनको खोजी गर्दा घर नजिकैको नालामा झारले छोपेको अवस्थामा शव फेला परेको वडाध्यक्ष सुकलाल राजवंशीले जानकारी दिए । अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय झापा, डिभिजन वन कार्यालय झापाको टोली पुगेको प्रहरीले जनाएको छ । गत मङ्सिरमा हल्दीबारी र दमकमा हात्तीको आक्रमणबाट दुईजनाको मृत्यु भएको  थियो।

पछिल्ला केही वर्ष यता देखि हल्दीबारी गाउँपालिका क्षेत्रमा हात्तीको आतंक बढ्दै भएको स्थानीयवासीको भनाई छ । 

यता नागरिक अभियन्ता दुर्गा प्रसाईले आज बिर्तामोडमा आयोजित एक कार्यक्रममा हल्दीबारीमा हात्तिको आक्रमणबाट मृत्युु भएको घरमा नेता सांसदले समवेदना लिएर जाने होइन ।समस्या समाधानको योजना दिएर जानुपर्ने बताएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 151

प्रतिक्रिया (०)

सम्बन्धित खबर