Aamsanchar

भारतको तमिलनाडुमा बाढी, १० जनाको मृ*त्यु

Author Image
बुधवार, पौष ४, २०८०

काठमाडौं – भारतको तमिलनाडुमा भारी वर्षाका कारण आएको बाढीमा परेर कम्तीमा पनि १० जनाको मृत्यु भएको छ ।

ग्रामीण क्षेत्र र सडकमा पानी जमेका कारण १२ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानतर्फ लगिएको सरकारी अधिकारीहरूले बताएका छन् ।

यस महिनाको सुरुमा तमिलनाडु र आन्ध्र प्रदेशले शक्तिशाली चक्रवाती आँधीको सामना गर्नुपरेको थियो । त्यसलगत्तै तमिलनाडुमा लगातार पानी परिरहेको छ । लगातारको वर्षा आँधीको परिणाम भएको मौसमविदहरुले बताएका छन् ।

सामाजिक सञ्जालमा आइरहेका तस्वीर र भिडियोमा तमिलनाडुको ठूलो क्षेत्र जलमग्न भएको र त्यहाँ फसेका मानिसहरूलाई बचाउन उद्धार टोलीले डुङ्गाको प्रयोग गरिरहेको देख्न सकिन्छ।

यो वर्ष तमिलनाडुमा सामान्यभन्दा २० गुणा बढी वर्षा भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 77

प्रतिक्रिया (०)

सम्बन्धित खबर