Aamsanchar

चिनी, मिश्री बिक्री सहित पञ्चवटी वीरभद्र महाकाली धामको पुराणमा ४१ लाख माथि संकलन 

Author Image
बिहिवार, पौष ५, २०८०

मेचीनगर । झापाको मेचीनगर १२ स्थित भद्रकाली टोल सहरेडाँगीमा रहेको श्री पञ्चवटी वीरभद्र महाकाली धाममा सम्पन्न भएको पुराणको आयव्यय सार्वजनिक भएको छ ।
आज (बिहिबार) धाम परिसरका आयोजित पत्रकार भेटघाट कार्यक्रम मार्फत पुराण आयोजक समितिले आम्दानी– खर्च सार्वजनिक गरेको हो ।

गत मंसिर १५ गते देखि २१ गते सम्म आयोजना भएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा नगद तथा जिन्सी गरेर ४१ लाख २५ हजार ४२७ रुपैयाँ आम्दानी भएको छ । जसमा रसिद मार्फत प्राप्त रकम ३६ लाख ४९ हजार १६५ रुपैयाँ रहेको छ । धान बिक्रीबाट ३ लाख ७३ हजार ९५० रुपैयाँ, चामल बिक्रीबाट ३२ हजार ७५० रुपैयाँ, थप रसिदबाट ६२ हजार ७०५ रुपैयाँ, अन्य आम्दानी ३ हजार ४८९ रुपैयाँ र श्रोताहरूले चढाएको चिनी, मिश्री बिक्रीबाट ३ हजार ३६८ रुपैयाँ आम्दानी प्राप्त भएको हो ।

त्यसैगरी पुराण सम्पन्न गर्न समितिले विभिन्न १८ वटा शीर्षकमा २३ लाख ३४ हजार ६८१ रुपैयाँ खर्च भएको बिल भौचर रहेको र मन्दिर समितिको नाममा रहेको स्थानीय सरकारीमा ८ लाख ८६ हजार ७२० रुपैयाँ, ग्लोबल बैक मा क्युआर बाट प्राप्त दान भेटी २ लाख २९३ रुपैयाँ, रसिद काटेर उठ्न बाँकी रकम ६ लाख ८८ हजार २४५ र बैकले नसाटेको भारु दान लाई नेपाली रुपैयाँमा परिणत गर्दा हुन आउने ५ हजार ४८८ रुपैयाँ गरि जम्मा १७ लाख ९० हजार ७४६ रुपैयाँ बचत रहेको  पुराण समितिका सचिव प्रेमराज घिमिरेले हिसाब सार्वजनिक गर्नेक्रममा जानकारी गराएका थिए ।

बचत रकम र स्थानीय, प्रदेश सरकार सँग योजना माग गरेर मन्दिरका लागि जग्गा थप, अतिथि सदन, सामुदायिक भवन, ज्येष्ठ चौतारी, जग्गा घेराबाराको काम थालनी गर्ने  पुराण समितिका संयोजक मन्दिर समितिका कोषाध्यक्ष तिलकप्रसाद गिरीले आमसंचारलाई जानकारी दिए ।

आयव्यय सार्वजनिक भए सँगै पुराण समिति पनि भङ्ग गरिइएको छ । योजना अनुसारको काम अब मन्दिर व्यवस्थापन समितिले अघि बढाउने बताईएको छ ।

भागवत मञ्जरी पूज्य राधिका दासीले पुराण वाचन गरेकी थिइन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 133

प्रतिक्रिया (०)

सम्बन्धित खबर