अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेवसिंह गोम्देनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमका बीच सप्ताहब्यापी यज्ञानुष्ठानको समुद्घाटन गरिएको हो । नौमती बाजागाजासहितको कलश यात्राले कालीस्थान परिषर परिक्रमापछि यज्ञानुष्ठान एवं धान्याचलको उद्घाटन गरिएको थियो । आगामी पुस १२ गतेसम्म सञ्चालन हुने महायज्ञमा पूर्वीय धर्मग्रन्थ एवं अठारै पुराणका ब्याख्याता आचार्य रघुनाथ रिजालको कथा प्रवचन रहनेछ भने पं कृष्णराज भण्डारीको पाठपारायण एवं राम ढुङ्गानाको भजन–कीर्तन रहनेछ ।
कालिकापीठका अध्यक्ष ज्योतिषाचार्य लक्ष्मीप्रसाद पोखरेलको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा अर्जुनधारा नगरपालिका वडा नं–१० का वडाध्यक्ष भुपेन्द्र न्यौपाने, कालिका मातृ समूहका सचिव गान्धारी मिश्र, भगवद्भक्ति आश्रम ९गुरुकुल० का प्राचार्य अम्बिका खतिवडा, सप्ताहिक यज्ञानुष्ठानका संगीत संयोजक राम ढुङ्गाना लगायतले मन्तब्य राख्नुभयो ।
मन्तब्य राख्ने अधिकांश बक्ताहरुले गुरुकुलको संवद्र्धनबाट वैदिक जनशक्ति उत्पादन हुने र मुलुकको सुशासनमा टेवा पुग्ने धारणा राखेका थिए ।
कार्यक्रमका बक्ताहरुले वैदिक जनशक्ति उत्पादन एवं पीठको विकास र समृद्धिमा लक्ष्मीप्रसाद पोखरेल नेतृत्वको समितिले महत्वपूर्ण भूमिका खेलेकोप्रति प्रसंशा गर्दै महापुराणको गाम्भीर्यता र बौद्धिकताको बर्णनसहित यज्ञानुष्ठान सफल बनाउन सवैले भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।
कालिकापीठ ब्यवस्थापन समितिका उपाध्यक्ष कर्णबहादुर तामाङले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सहसचिव रामप्रसाद मिश्रले गर्नुभएको थियो ।
श्रीमद्ब्रम्हमहापुराणमा पूर्वभाग र उत्तरभाग गरी दुईखण्डमा २४६ अध्याय रहेका छन् । श्रीमद्भागवत महापुराण कथाको स्रोत वर्णन, ब्रम्हतत्वसम्बन्धी परिचर्चा, राम, कृष्ण, शिव भगवानका लीलाका कथा, तीर्थको वर्णन, गोमती–गंगाको वर्णन, श्राद्धकल्पको वर्णन विशेष रुपमा गरिएको आ। रघुनाथ रिजालले जानकारी दिनुभयो ।
कालिकापीठको इतिहास :
कालिकापीठमा देवीको शक्तिपीठ छ भन्ने कुरा कसरी र कोबाट प्रमाणित भयो रु भन्ने बिषयमा एउटा किंबदन्ती छ । तत्कालीन शनिश्चरे–६ मा रामानुज बैष्णव समूदायका भोलाइदास नामका थारु सन्तको बसोबास थियोे । उनका घरमा देश– बिदेशबाट विभिन्न साधु–सन्तहरु आउने–जाने गर्दथे । सोही क्रममा डुल्दैडुल्दै भोलाइदासकहाँ आएका एक सन्तले विशाल अक्षय बृक्षमुनि कालीको प्रतिमा भेटेर नित्य पूजा आरधना गर्नु भनेपछि त्यहाका स्थानीयले पूजा आरधना थालेको र बैशाख पुर्णिमाका दिन मेला लगाउन थालेको बताइन्छ । नाम थर र गोत्र नखुलेका ती सन्तले माटोबाट देबीको प्रतिमा बनाइ पूजा गर्न थालेपछि स्थानीयबाट पनि पूजा आरधना शुरु भएको स्थानीय बयोबृद्ध बताउँछन् ।
बिक्रम सम्वत् २०३३ सालमा तत्वबेत्ता विद्वान ब्यक्तित्व योगी नरहरीनाथको सहभागितामा ‘बृहत धार्मिक सम्मेलन’ भएपछि योगी नरहरिनाथले शस्त्र– अस्त्रहरुले सुसज्जित हुनुभएकी माता जगदम्बाले असूरहरुको बध गर्ने क्रममा कञ्चनजङ्घा हिमश्रृङ्खलाबाट चालेको पहिलो पाइलो ताप्लेजुङको पाथीभरामा, दोश्रो पाइलो कालिकापीठ कालीस्थानमा र तेस्रो पाइलो भारतको कलकत्तास्थित कालीमन्दिरमा टेक्नुभएको भनी शास्त्रीय प्रमाणसहित प्रमाणित गरिदिएपछि कालिकापीठको महत्व अझ बढेर गएको पीठका अध्यक्ष पोखरेलले बताउनुभयो । दैवी शक्ति रहेको विश्वासहित भक्तजनले कुनै पनि कुरा चिताएर कालिकापीठको दर्शन–पूजन गरेमा मनोकांक्षा पुग्ने गरेकाले पनि नेपाल–भारतका भक्तजनहरु अगाध आस्था र विश्वास राखेर उक्त शक्तिपीठमा आउने गरेको अध्यक्ष पोखरेलको भनाई छ ।
२५ बर्षमा ९ करोड बढीको संरचना निर्माण :
२०५६ सालमा ज्यो।पंं लक्ष्मीप्रसाद पोखरेलको अध्यक्षतामा कालिकापीठ ब्यवस्थापन समिति गठन भएको थियो । जग्गादाता दलमानसिह तामाङ ९चैनपुरे बा०–ले प्रदान गर्नुभएको ११ कठ्ठा जग्गामा सोही समयदेखि भौतिक निर्माण शुरु गरेको समितिले हाल ९ करोड बढीका भौतिक संरचना बनाइसकेको समितिका उपाध्यक्ष कर्णबहादुर तामाङले जानकारी दिनुभयो । आजीवन सदस्यहरूबाट प्राप्त आर्थिक सहयोग, बार्षिक रुपमा गरिने यज्ञानुष्ठानबाट प्राप्त सहयोग, मुष्ठीदान, देश– बिदेशमा रहनुभएका दानदाताहरुबाट प्राप्त दानदातब्यबाट हालसम्म सो बराबरका बढीका भौतिक संरचना निर्माण भइसकेको अध्यक्ष पोखरेलले जानकारी दिनुभयो ।
हाल पीठ १७ कठ्ठा परिसरमा फैलिएको पीठमा गौशाला, पाकशाला, यज्ञशाला, छात्रबास, देवालय लगायतका भौतिक संरचना निर्माण भएका छन् भने शिवालय, नवग्रह, अरुन्धतीसहित सप्तऋषिको प्रतिमा रहेको हवन कुण्ड, देवी मन्दिर लगायतका भौतिक संरचनाहरु निर्माण भएका छन् ।
२०६३ सालबाट नैष्ठिक ब्राम्हणहरलाई आवासीय ब्यवस्थापनसहित निःशुल्क रुपमा वैदिक ग्रन्थहरुको अध्ययन–अध्यापन समेत गराइदै आएको छ । पीठमा पूर्वीय वैदिक संस्कार, संस्कृति र वैदिक ग्रन्थहरु रुद्री, दुर्गा सप्तसती, बेद, ब्याकरण एवं पुराणादि ग्रन्थहरुको आवास–भोजन सुविधासहित पूर्णरुपमा निःशुल्क पढाइने गरेको पीठद्वारा सञ्चालित कालिका संस्कृत विद्यापीठका प्राचार्य रघुनाथ रिजालले जानकारी दिनुभयो ।
कहाँबाट जाने कालीस्थान :
देवीको उक्त सिद्ध शक्तिपीठ कालीस्थान पुग्न विर्तामोड तथा धाइजनबाट सिधा मार्गहरु छन् । झापाको प्रमुख ब्यापारिक केन्द्र विर्तामोडबाट सालबारी झिल पुग्नुअघि विहीबारे हटियाको पश्चिमबाट उत्तरपूर्व लागेपछि कालीस्थान चोक पुगिन्छ ।
यसैगरी विर्तामोडबाट शनिश्चरे बजार हुँदै पनि कालीस्थान जान सकिन्छ । शनिश्चरे बजारबाट पूर्व जयपुर सडकको मिलनचोकबाट सिधै पूर्वमा पर्छ –कालीस्थान । शनिश्चरे बाट करिव डेढ किलोमिटर पूर्व उत्तर जादाँ तिनकुने सडक ९सोही ठाउँलाई मिलन चोक भनिन्छ० भेटिन्छ । सोही ठाउँबाट लभगभ १ किलोमिटर पूर्व अगाडि बढेपछि कालीस्थान चोक आउँछ । त्यस चोकको उत्तरपश्चिमी कोण अर्थात ५० मिटर उत्तरमा कालिकापीठ अवस्थित छ । पीठ पुग्नको लागि मेची राजमार्ग मा पर्ने धाइजन चोकबाट लगभग डेढ–दुई किलोमिटर सिधा पश्चिम आउदा सहजै कालीस्थान पुगिन्छ ।
चारआली बजारबाट उत्तर सहरेडाँगी हुँदै धाइजन चोकमा पुगेपछि त्यहाँबाट सिधा पश्चिम मोडिने सडकबाट सिद्धै पश्चिममा कालीस्थान चोक अवस्थित छ । उक्त सडक भएर पनि कालिकापीठ कालीस्थानमा पुग्न सकिन्छ । त्यसैगरी बुद्धशान्तिको जयपुरबाट मगरचोक–गार्गी चोकपूर्व–दक्षिण हुँदै कालीस्थान चोक पुग्न सकिन्छ भने बुधबारे बजारदेखि सातनम्बर चोक–उप्रेतीडाँडा दक्षिण हुँदै कालीस्थान आइपुग्ने सहज बाटाहरु छन् ।