Aamsanchar

मकवानपुरको एक स्थानीय तहमा क्रिसमस मनाउन तीन दिन सार्वजनिक बिदा

Author Image
शनिवार, पौष ७, २०८०

मकवानपुर । मकवानपुरको एक स्थानीय तहले इसाई धर्मावलम्बीको चाड क्रिसमस मनाउन तीन दिन सार्वजनिक बिदा दिएको छ ।
राक्सिराङ गाउँपालिकाले पुस ८, ९ र १० गते गर्ने सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यो वर्षको क्रिसमस ९ गते परेकामा गाउँपालिकाले थप दुई दिन समेत बिदा दिने निर्णय गरेको अध्यक्ष राजकुमार मल्लले जानकारी दिए ।

‘इसाई धर्मावलम्वीहरूको उल्लेख्य बसोबास रहेको यस गाउँपालिकामा मिति २०८० पुस ८, ९ र १० गते तदअनुसार सन् २०२३ डिसेम्बर र २४, २५ र २६ तारिख (३ दिन) सार्वजनिक बिदा दिने निर्णय भएकाले उक्त अवधिमा गाउँपालिकाभित्रका सम्पूर्ण सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था एवम् बैङ्क तथा वित्तीय संस्थाहरू बन्द रहने व्यहोरा अवगत गराइन्छ’, मल्लले जारी गरेको सूचनामा उल्लेख छ ।

क्रिसमसको अवसरमा गाउँपालिकाले शुभकामना पनि दिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 141

प्रतिक्रिया (०)

सम्बन्धित खबर