Aamsanchar

अम्रिसोको भाउ बढेपछि किसान खुसी

Author Image
आइतवार, पौष ८, २०८०

सुनसरी – गएको वर्षको तुलनामा यस वर्ष अम्रिसोको भाउ बढेपछि धनकुटाका किसान खुसी भएका छन् । धरानमा रहेको कृषिउपज बजारका अनुसार यस वर्ष अम्रिसो प्रतिकेजी एक सय ५० रुपैयाँ मा किनबेच भइरहेको छ ।

गएको वर्ष यही समयमा प्रतिकेजी एक सय रुपैयाँसम्ममा बिक्री भएको कृषिउपज बजारस्थलका व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो समय पूर्वी पहाडी भेगका प्रायजसो कृषक व्यावसायिक अम्रिसो खेतीमा आकर्षित भएका छन् । अम्रिसोको कुचोबाट प्रशस्त आम्दानी हुन थालेपछि किसान यसतर्फ आकर्षित भएका हुन् ।

वर्षमा एकपटक उत्पादन हुने अम्रिसो तराईका बजारमा सजिलै बिक्री हुने भएकाले धेरै किसानले यसको खेती गर्न थालेका धनकुटाका कृषक दिनेश राईले बताउनुभयो । एक सिजनमा करिब २५ देखि ३० क्विन्टलसम्म अम्रिसो बिक्री हुने गरेको उहाँले जानकारी दिनुभयो । ओरालो र भिरालो ठाउँमा अम्रिसोको उत्पादन राम्रो हुने उहाँको भनाइ थियो ।

कुनै सयम बिक्री नभएर वस्तुचौपायालाई खुवाउने गरेकोमा अहिले राम्रो आम्दानीको स्रोत हुन थालेपछि धनकुटा, तेह्रथुम, सङ्खुवासभा, भोजपुर, सुनसरी र पूर्वी पहाडी भेगका धेरै किसानले मकै, कोदो उत्पादन हुने खेती मासेर अम्रिसो खेतीतर्फ आकर्षित हुन थालेका धनकुटाका व्यापारी राजकुमार राईले बताउनुभयो । ´केही समय अगाडि प्रतिकेजी ९० रुपैयाँदेखि एक सयसम्ममा बिक्री हुने अम्रिसो अहिले बढेर एक सय ५० रुपैयाँसम्म पुगेको छु, उहाँले भन्नुभयो, `उत्पादन कम भएकाले भारतबाट अत्यधिक माग आइरहेको छ ।`

केही किसानले पहिलाको कुचो बेच्ने गरेकाले भाउ कम हुने गरेको व्यवसायी राईको भनाइ थियो । ´जुन वर्ष अम्रिसोबाट कुचो बनाइएको हुन्छ त्यही वर्ष नै बेचिसक्नुपर्छ । अर्को वर्ष पर्खियो भने गुणस्तरहीन हुन्छु, उहाँले भन्नुभयो । भाउ नआएका बेला किसानले नबिकेको कुचो अर्को वर्ष बेच्ने गरेकाले मूल्य कम पाउने गरेका उहाँले बताउनुभयो ।

यसअघिका वर्षको तुलनामा यस वर्ष मूल्यवृद्धि भएपछि किसान खुसी छन् । मूल्य बढेसँगै उत्पादित सबै अम्रिसो निकालेर बेच्न शुरु गरिएको व्यापारी राईले बताउनुभयो । मूल्यमा घटबढ भइरहे पनि यस वर्ष तुलनात्मकरुपमा बढी मूल्य पाएपछि चाँडै बेच्न हतारिएको उहाँको भनाइ थियो । रोपेको दुई वर्षदेखि घाँससँगै कुचो उत्पादन हुन थाल्ने र मेहनत पनि कम गर्नु पर्ने भएकाले किसान अम्रिसो खेतीतर्फ आकर्षित हुन्।

थोरै लगानी र मेहनतमा प्रशस्त आम्दानी हुन थालेपछि कृषकले धेरै क्षेत्रफलमा अम्रिसो खेती गर्न थालेका कृषिउपज बजारस्थलका व्यवस्थापक भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार पूर्वी पहाडी जिल्लामा उत्पादित अम्रिसोको ७० प्रतिशत व्यापार भारततिर हुने गरेको छ । अम्रिसोको मुख्य सिजन पुसदेखि भए पनि यस वर्ष मूल्य बढेकाले किसानले अगाडिदेखि बिक्री गर्न थालेका उहाँले बताउनु भयो ।

´अम्रिसोलाई प्रशोधन गरेर पठाउन सके अझ प्रभावकारी हुन्छ । व्यवस्थापनमा आधुनिकीकरण गर्नसके नेपालमै रोजगारीका अवसरहरु सिर्जना गर्न सकिन्छु, व्यवस्थापक भट्टराईले भन्नुभयो । यहाँ भारतीय व्यवसायी आफैँ आएर लैजाने गरेकाले बजारीकरणको समस्या नभएको उहाँले बताउनुभयो ।

वर्षमा ४५ देखि ५० मेट्रिकटनसम्म अम्रिसो बिक्री हुने गरेको व्यवस्थापक भट्टराईले जानकारी दिनुभयो । भारतबाट उच्च माग भएकाले पनि यस वर्ष कुचोको मूल्य वृद्धि भएको उहाँले बताउनु भयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 119

प्रतिक्रिया (०)

सम्बन्धित खबर