Aamsanchar

आज साविका विजेता काठमाण्डौ र ललितपुर खेल्ने

Author Image
मङ्गलवार, पौष १०, २०८०

काठमाण्डौ – नेपाल सुपर लिग (एनएसएल) को इलिमिनेटरमा आज साविका विजेता काठमाण्डौ रेजर्स र ललितपुर सिटी खेल्दैछन् । यो खेल बेलुका साढे ५ बजे दशरथ रङ्गशालामा हुनेछ ।

शनिवार भएको लिग चरणको अन्तिम खेलमा ललितपुर सिटीलाई १–० ले हराउँदै काठमाण्डौ तेस्रो स्थानमा रहेर प्लेअफमा पुगेको हो भने पराजित भएको ललितपुर चौथो स्थानमा रहेर प्लेअफमा पुगेको थियो ।

हिजो भएको पहिलो क्वालिफायरमा पोखरा थन्डर्सलाई पेनाल्टीमा हराउँदै धनगढी फाइनलमा पुग्यो । अब आजको खेलमा विजयी हुने टोलीसँग पोखराले फाइनलमा पुग्न क्वालिफायर–२ खेल्नेछ । क्वालिफायर–२ पर्सि बिहीवार र फाइनल खेल शनिवार हुनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 94

प्रतिक्रिया (०)

सम्बन्धित खबर
नेपालले आज थाइल्याण्डसँग खेल्ने
आइतवार, कार्तिक २५, २०८१
नेपालले आज यूएई विरुद्ध खेल्ने
शनिवार, कार्तिक २४, २०८१