झापा-याक्थुङ्ग चोस्लुङ्ग मान सेवादेन बिर्तामोड ६ बुटाबारीले एक समारोह बिच चोलुङ्ग स्तम्भ उदघाटन तथा दाताहरुलाई सम्मान गरेको छ ।
प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकि मेयर पबित्रा महतरा प्रसाइको बाहुलिबाट चोलुङ्ग (स्तम्भ) उद्घाटन गरिएको हो ।
कार्यक्रममा चोलुङ्ग निर्माणका लागी दाताहरु तेज प्रसाद कन्दङ्गवा,लोकबन्धु कन्दङ्गवा लगायत एक सय चौबीस जनालाइ सम्मान गरिएको थियो । चोलुङ स्तम्भ निर्माणका लागी बिर्तामोड नगरपालिकाबाट एक लाख, वडा कार्यालय ६ बाट दुई लाख र सात लाख स्थानीय एवम विभिन्न देश बिदेशका सहयोगीहरु सहित करिब दस लाख बराबरको लागतमा निर्माण भएको अध्यक्ष श्रीप्रसाद लिम्बुले बताउनु भयो ।
किरात समुदायमा अन्नबाली लगाउने बेला बैसाखी पुर्णिामा उगौली र मंसिर पुर्णिामाका दिन धान थन्काउने एवम् उधौली पर्व पर्दछ। किराँती मान्यता अनुसार आजको दिन देखि हिउद शुरु र यो समयमा लेखबाट बस्तुभाव अनि चराचुरुङ्गीहरु बेसि तिर बसाइँ सर्ने समय भएको संकेतको रूपमा लिने र अन्न बाली भित्राइएको खुसीमा यो पर्व मनाउने गरिएको सामाजिक ब्याक्तित्व लोकबन्धु कन्दङ्गवाले बताउनु भयो ।
कार्यक्रममा अतिथिहरु वडा अध्यक्ष सुर्य प्रसाद कन्दङ्गवा,तेज बहादुर कन्दङ्गवा,युवा नेता सुवास भट्टराई, मसले सहकारी सस्थाका अध्यक्ष देबि प्रसाद नेपाल सरस्वती मा.बि. का प्र. अ. दिपक लुइँटेल लगायतले सहयोगी दाताहरुलाइ धन्यवाद सहित शुभकामना व्यक्त गर्नु भएको थियो ।
श्रीप्रसाद लिम्बुको अध्यक्षतामा संचालित कार्यक्रममा स्वागत उपाध्यक्ष चन्द्रकला पगेनहाङले गर्नुभएको थियो भने सहजीकरण सचीव गणेश कन्दङवाले गर्नुभएको थियो ।


