Aamsanchar

काठमाडौंमा माला चोरी गर्ने झापाका एक सहित ५ जना पक्राउ

Author Image
शुक्रवार, पौष १३, २०८०

काठमाडौं – काठमाडौंमा बहुमुल्य मुगा मालाहरू चोरी गर्ने ५ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपालिका-१ का १९ वर्षीय आकाश थोकर तामाङ, झापाको अर्जुनधारा गाउँपालिका-२ का ५१ वर्षीय खेमप्रसाद न्यौपाने, सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-५का ३७ वर्षीय लवन थापा, नुवाकोट पञ्चकन्या गाउँपालिका-३ का ४३ वर्षीय रामबहादुर तामाङ र उदयपुर डुम्रे गाउँपालिका-१ का ४० वर्षीय कपिल तामाङ रहेका छन्। उनीहरू उपत्यकाको विभिन्न स्थानमा बस्दै आएका थिए।

काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बालकुमारीमा बस्ने देवी कृष्ण चौलागाईंको कोठामा कोही नभएको समयमा बहुमुल्य मुगाका मालाहरू र सुनको सिक्री २ तोला चोरी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।

 

प्रहरीका अनुसार २४ लाख ८४ रुपैयाँ मूल्य बराबरको सामग्री चोरीको भएको घटनामा संलग्न भएको आरोपमा उनीहरूलाई काठमाडौंको गौरीघाटबाट पक्राउ गरिएको हो। कार्यालयले थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको जनाएको छ।

Views: 150

प्रतिक्रिया (०)

सम्बन्धित खबर