Aamsanchar

फुटपाथमा फूल बेच्दै गरेकी एक जनाकाे बसकाे ठक्करबाट मृ*त्यु

Author Image
शनिवार, पौष १४, २०८०

पोखरा –  बसले ठक्कर दिँदा एक भारतीय नागरिकको मृत्यु भएको छ । भारत घर भै हाल पोखरा २७ बस्ने इसरावती कुमारीको ज्यान गएको हो ।

३० वर्षकी उनी लेखनाथ महोत्सवमा फुटपाथमा फूल बेच्दै थिइन् । बस अनियन्त्रित भएर फुटपाथमै पसेर ठक्कर दिएको थियो ।
बागलुङबाट पोखरा हुँदै भैरहवातर्फ जाँदै गरेको लु १ ख ८३५६ नम्बरको बस ब्रेक फेल भएर माटोको ढिस्कोमा ठोकिएको थियो ।

तनहुँको म्याग्देका रामजी गन्दर्भ र पर्साकी चिजमाया गन्दर्भ घाइते भएको कास्की प्रहरी प्रमुख मोहन थापाले जानकारी दिए ।

 

Views: 109

प्रतिक्रिया (०)

सम्बन्धित खबर