Aamsanchar

मन्त्रीको राजिनामा माग्दै युवाहरूकाे प्रदर्शन

Author Image
शनिवार, पौष १४, २०८०

काठमाडौं – शुक्रबार ललितपुरको बालकुमारीमा भएको भौतिक र मानवीय क्षतिका घटनाको विषयलाई लिएर सरकारविरुद्ध युवाहरूले प्रदर्शन गरेका छन्।

कोरियन भाषा परीक्षा ‘ईपीएस कार्यालय’परिसरमा भएको आन्दोलनमा प्रहरीले गोली चलाउँदा दैलेखका सुजन राउत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो। सोही विषयलाई लिएर विभिन्न राजनीतिक दलका युवा र ईपीएसमा भाषा परीक्षाको फारम भर्न नपाएकाहरू माइतीघरमा प्रदर्शन गर्न पुगेका हुन्।

शुक्रबार ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितको आदेशमा आन्दोलनमा गोली चलाइएको थियो। पण्डित विवादित छविका प्रशासक हुन्। ललितपुर घटनामा प्रमुख जिल्ला अधिकारी पण्डित र ललितपुर प्रहरी प्रमुख सिद्धिबिक्रम शाहले सयमता अपनाएको नेदेखिएको सुरक्षा विज्ञहरूको बताएका छन्।

प्रदर्शनकारीले ‘गृहमन्त्री राजीनामा दे’, ‘गोली चलाउन आदेश दिनेलाई कारबाही गर’, ‘दोषीलाई कारबाही गर’, ‘हत्यारा सरकार मूर्दावाद’, ‘पीडित परिवारलाई क्षतिपूर्ति दे’, ‘रोजगारीको व्यवस्था गर’,लगायतका नारा लगाएका थिए।

 

जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघरलाई निषेधित क्षेत्र घोषणा गरी प्रदर्शनमा रोक लगाएको छ। तर उनीहरूले उक्त स्थानमा प्रदर्शन गरेपछि प्रहरीले हस्तक्षेप गरेको छ।

सरकारले ललितपुरको बालकुमारीमा शुक्रबार भएको घटनामा लापरबाही गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ। बालकुमारीमा भएको घटनाको अनुसन्धान गर्न गृह मन्त्रालयले समिति बनाएको छ। गृहले उपत्यका प्रहरी कार्यालयका डीआईजी लालमणि आचार्यको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको हो। समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक बासु सिग्देल सदस्य रहेका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 87

प्रतिक्रिया (०)

सम्बन्धित खबर