Aamsanchar

कोशी अस्पतालमा एड्स हेल्थ केयर फाउन्डेसनको सहकार्य बिस्तार कार्यक्रमको शुभारम्भ

Author Image
शनिवार, पौष १४, २०८०

झापा – कोशी अस्पताल बिराट्नगरमा एड्स हेल्थ केयर फाउन्डेसनको सहकार्य बिस्तार कार्यक्रमको शुभारम्भ भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेलको प्रमुख आतिथ्यतामा उक्त सेवा बिस्तार कार्यक्रमको समुद्घाटन भएको हो ।
सो सेवा बिस्तार बारे बोल्दै डाक्टर उन्नत श्रेष्ठलेले AHF ले अन्य भिन्न काम गर्ने नभइ अस्पतालको ART सेन्टरमा भइ रहेको सेवालाई बिस्तार र ब्यबस्थित गर्न महत्त्वपूर्ण योगदान दिने बताउदै , HIV सन्क्रमित सबैले सेवा मा पहुच प्राप्त गर्न सकुन भन्ने उदेश्यका साथ यो कार्यक्रम कोशी अस्पताल बिराटनगरमा सुरु गरिएको बताउनु भयो ।
अस्पतालको ART सेन्टरमा  सेवा लिन आउने बिरामीहरुको सामान्य सल्याकृयाका केसहरु समेत रिफर हुने परिपाटीलाई अन्त्य गर्न यो सेवा बिस्तारले महत्वपूर्ण योगदान दिने छ ।
साथै स्थानीय , प्रदेश र केन्द्रीय सरकार बिच रहेर पुलको काम समेत AHF नेपालले गर्नेछ भने विभिन्न सेवा बिस्तार गर्दै अघि बढ्नका लागि एड्भोकेसीको समेत काम गर्नेAHF एसिया ब्युरो तथा मार्केटिङ प्रमुख दिपक ढुङ्गेल ले जानकारी दिनु भयो ।
त्यस्तै AHF कन्ट्री म्यानेजर दिब्यराज जोशीले कोशी प्रदेशमा AHF को पहिलो सेवा रहेको र बढी भन्दा बढी संक्रमित लाई कसरी सुरक्षित सेवा दिन सकिन्छ भन्नेमा आफुहरुको ध्यान केन्द्रित हुने बताउनु भयो ।
त्यस्तै संक्रमितको पक्षमा काम गर्ने सस्था NAP+N का अध्यक्ष खगेन्द्र खडकाले AHF कोशी प्रदेशमा पनि रहन पर्छ भनेर आफुहरुले धेरै समय देखि माग गरिरहेकोमा सो सेवा बिस्तार कोशी अस्पतालमा भएको मा अब सेवाग्राहीले उपचारका लागि अन्यत्र जानू पर्ने बाध्यताको अन्त्य हुनेमा आफू बिश्वसत रहेको बताउनुभयो ।
कार्यक्रममा आफ्ना भनाइ राख्दै स्वास्थ सचिब पोखरेलले स्वास्थकर्मीमा नै अझै पनि एच आइ भि सन्क्रमितलाई उपचार गर्दा आफुलाइ रोग सर्न सक्छ भन्ने डरका कारण बिरामी रेफर भएर अन्यत्र जान बाध्य रहेका कारण यो अवस्थाको अन्त्य हुनु पर्नेमा जोड दिदै सो बिषयमा बिचार  पुर्याउन कोशि अस्पतालका मे सु लाइ निर्देशन समेत दिनु भयो । साथै प्रदेशमा ठुलो अस्पतालका रुपमा रहेको कोशीले यस्ता सेवाहरु सुरु गर्दा राम्रो सन्देश जाने र यसका लागि स्वास्थ मन्त्रालय बाट गर्नुपर्ने सहयोग गर्न आफू तयार रहेको बताउनु भयो ।
त्यस्तै रास्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र का निर्देशक डाक्टर संजय कुमार ठाकुरले संक्रमण रोक्दै नयाँलाई संक्रमण हुन नदिन  जिरो जिरो जिरो को अवधारणामा जानू पर्नेमा जोड दिदै बजेट समेत विकेन्द्रीकरण गर्ने र सबै सेवा स्थानीय तह र प्रदेशबाटै हुने वातावरण मिलाउन आफुहरु लागि परेको बताउनु भयो ।
साथै कोशी अस्पतालका मे सु डाक्टर चन्द्रभाल झाले सेवालाइ अझ प्रभावकारी बनाउन अस्पताल बाट दिनुपर्ने सेवालाइ अझ प्रभावकारी बनाइ कार्य गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
कार्यक्रम समुद्घाटन पश्चात् स्वास्थ सचिव पोखरेलले ART सेन्टरको अवलोकन गर्दै अझ ब्यबस्थित गरेर कार्य संचालन गर्न निर्देशन दिदै रिपोर्टको सवालमा स्थानिय प्रदेश देखि केन्द्र सम्म सहि रिपोर्ट पठाउन निर्देशन दिनु भयो ।
समुद्घाटन कार्यक्रममा अस्पतालका कर्मचारी जागृती खड्काले HIV संक्रमणको अवस्था , बिरामीको संख्या र सेवा लिन आउनेको अवस्था आदिका बारेमा जानकारी गराउनु भएको थियो भने  विभिन्न सरोकारबाला निकाय , संघ सस्था अस्पतालका कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 82

प्रतिक्रिया (०)

सम्बन्धित खबर