Aamsanchar

ललितपुरले जित्यो नेपाल सुपर लिगकाे उपाधि, फाइनलमा धनगढी ३–२ गोलले पराजित

Author Image
शनिवार, पौष १४, २०८०

काठमाण्डौ – नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणको उपाधि ललितपुर सिटी एफसीले जितेको छ । आज दशरथ रङ्गशालामा भएको फाइनलमा धनगढी एफसीलाई ३–२ गोलले हराउँदै ललितपुरले उपाधि जितेको हो ।

खेलमा पहिलो हाफमा दुवै टोलीले १–१ गोल गरेका थिए । धनगढीका लागि ओलावाले अफिजले खेलको ३९ औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा ललितपुरका लागि इमोह एजेकेले गोल गर्दै ललितपुरलाई बराबरीमा ल्याए ।

तर दोस्रो हाफमा ललितपुरले दुई गोल गरेर ३–२ गोलको जित हात पार्यो । उपाधि विजेता ललितपुरले ७० लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता धनगढीले २० लाख रुपैयाँ प्राप्त गर्‍यो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 93

प्रतिक्रिया (०)

सम्बन्धित खबर