स्विट्जरल्यान्डको जेनेस्थित क्रिस्टिज लिलाम घरले एकदमै दुर्लभ प्रकृतिको नीलो रङको हीरा साढे पाँच अर्ब नेपाली रुपैयाँमा अर्थात् ४४ मिलियन डलरमा बिक्री गरेको छ।
औँठीमा जडिएका र लाम्चो नासपाती जस्ता आकार भएका १७।६१ क्यारेट तौल भएको हीरालाई ‘ब्लु रोयल डायमन्ड’ भनिन्छ।
क्रिस्टिजका अनुसार लिलामीको इतिहासमा नै किनबेचका निम्ति उपलब्धमध्ये कुनै दाग नरहेको र चहकिलो नीलो रङ भएको यो सबै भन्दा ठूलो जुवाहरात हो।वर्षौदेखि एक निजी सङ्कलनमा रहेका यो हीरा पहिला पटक लिलाम बढाबढ गरे र बिक्री गरियो।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 73