

काठमाण्डौ – बझाङको चैनपुरमा डोजर दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।

गएराति पुरानो बसपार्क नजिक डोजर दुर्घटना हुँदा बित्थडचिर गाउँपालिका–६ का ३० वर्षीय प्रकाश कठायतको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दिपेश चौधरीले जानकारी दिनुभयो ।
बसपार्कबाट जयपृथ्वी नगरपालिकाको कार्यालयतर्फ जाँदै गर्दा डोजर सडकबाट खसेको र कठायतको सिटमुनि च्यापिँदा घटनास्थलमै ज्यान गएको चौधरीले जानकारी दिनुभयो ।

Views: 106

