

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको जनाएको हो।
यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख २१ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख २० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको मूल्य समेत बढेको छ । महासंघले चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १४ सय ६० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ।
Views: 69


