चारपाने । झापाको ठुलो विद्यालय मध्येको एक देवी माध्यमिक विद्यालयले विविध कार्यक्रम गरी ६१ औं वार्षिकोत्सव मनाएको छ । झापाको बिर्तामोड–५ मा रहेको विद्यालयले बिहीवार ९आज० छात्रवृत्ति, विज्ञान प्रदर्शनी अवलोकन, अवकाश तथा दीर्घसेवा शिक्षकलाई सम्मान, जग्गादाताको सालिक अनावरण, भवन उद्घाटन, सांस्कृतिकलगायतका कार्यक्रम गरेर बार्षिकोत्सव मनाएको हो ।

कार्यक्रममा विद्यालयका अवकाश प्राप्त शिक्षक धनबहादुर पोखरेल र दीर्घसेवी शिक्षक विमला लुईटेललाई सम्मान गरिएको थियो । सोही कार्यक्रमकैबीच जग्गादाता स्व। खनपरुदे रामबाबु प्रसाईँको सालिक अनावरण गरिएको थियो ।

वार्षिकोत्सव कार्यक्रममा मानबहादुर भगवती गिरी स्मृति छात्रवृत्ति अक्षयकोषबाट कक्षा ४ देखि ११ सम्मका ७ जना, सन्जु पाण्डे डाँगी स्मृति छात्रवृत्ति अक्षयकोषबाट कक्षा ११ का २ जना, हाकिमलाल धिमाल स्मृति, लक्ष्मी निरौला स्मृति, पर्शुराम ढकाल स्मृति, ज्ञानुराम प्रसाईँ स्मृति छात्रवृत्ति अक्षयकोषबाट कक्षा ११ र १२ का एक एक जना गरेर ८ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ । त्यसैगरी २०८० सालको कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने एक छात्र र एक छात्रालाई नगदसहित पुरस्कृत गरिएको थियो भने २०७९ सालको माध्यमिक शिक्षा परीक्षाको उत्कृष्ट नतिजा हासिल गर्ने तीन जनालाई पनि नगदसहित पुरस्कृत गरिएको छ ।




कार्यक्रममा जग्गादाता तथा पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टोरुप प्रसाईँ, बिर्तामोड नगर निवर्तमान मेयर ध्रुवकुमार शिवाकोटी, बिर्तामोड–५ का वडाध्यक्ष रोहित प्रसाईलगायत नगरका बिभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, बिभिन्न सामाजिक सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधि, शिक्षक, बिद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।

